Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जाँडरक्सी नियन्त्रणमा जुटे गाउँले

Published on 3:57:00 PM //

संगिता कुवँर
भदौ २९, गुल्मी । मदिरा सेवनले गाउँमा झैझगडा वढेपछि गुल्मीको नेटाका स्थानीय वासिन्दाहरु जाँडरक्सी नियन्त्रण्को अभियानमा लागेका छन् । नेटा गाविस वडा नं. ३ का विभिन्न स्थानमा दिउँसै जाँडरक्सी सेवन गरेर होहल्ला गर्ने, घरघरै गएर कुटपिट गर्ने तथा अश्लील शव्द वोल्ने क्रम वढेपछि स्थानीय वासिन्दाले गाउँमा जाँडरक्सीको सेवन तथा विक्री वितरणमा रोक लगाएका हुन् ।
आज वसेको वडा नं. ३ को वडा नागरिक मञ्चको वैठकले गाउँलाई मदिरापदार्थ मुक्त गाउँ वनाउनको लागी मदिरा पदार्थको सेवन र विक्री वितरणमा रोक लगाएको छ । पहिलो चरण अन्तर्गत व्यापारीहरुलाई स्टक रहेका मदिरा फिर्ता गर्नको लागी १० दिनको समय दिईएको सामाजिक परिचालक विष्णु फुल्लेलले जानकारी दिनुभयो । उहाँले दिईएको समयभित्र अटेर गर्ने विक्री वितरण गर्ने व्यापारीलाई पहिलो चरणमा तीन हजार र सेवन गर्नेलाई १५ सय जरीवाना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणको कारवाहीलाई अटेर गरेमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा थप कारवाही अगाडि वढाउने वडा नागरिक मञ्चले निर्णय गरेको छ । यसैविच सोही भेलाले मोहनलाल घिमिरेको संयोजकत्वमा २५ सदस्यीय वडा नागरिक मञ्चको पुनर्गठन गरेको छ । मञ्चको उपसंयोजकमा योगेन्द्र खरेल लगायतका सदस्यहरु रहनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग