Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

Published on 6:35:00 PM //

जनार्दन घिमिरे
गुल्मी ७ असोज । ट्रयाक्टर दुर्घटनामापरि गुल्मीको पुर्कोटदहमा आज दिउसो एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा प्यूठान जिल्ला बांगेमरौठ गाविस ८ का २० बर्षिय सहचालक प्रकाश नेपाली रहेका छन् । पनाहा खोलाबाट वालुवा बोकेर पुर्कोटदहतर्फ जाँदै गरेको लु २ त ५५०४ नम्बरको सो ट्रयाक्टर सोही गाविस १ स्थित धाराचौरमा दुर्घटना भएको हो ।
दूर्घटनामा परेका नेपालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार लम्मालले जानकारी दिनु भएको छ । दूर्घटनामापरि थप तीन जना घाईते भएका छन् । घाईतेहुनेहरुमा पुर्कोटदह ३ का चालक २५ बर्षिय शुरेश विक, उनका छिमेकी १५ बर्षीय लक्ष्मण विक र रामप्रसाद श्रेष्ठ रहेका छन् ।  घाईतेहरुको अहिले अर्घाखाची जिल्ला अस्पतालमा उपचार भैरहेको छ । ट्रयाक्टर सडकबाट सय मिटर तल खसेको वताईएको छ । मृतक नेपालीलाई शल्यक्रियाका लागि जिल्ला अस्पताल तम्घास ल्याई पुर्याईएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग