Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा सामुहिक दर खाईयो (फोटो फिचर )

Published on 2:31:00 PM //

तेजेन्द्र थापा
खास गरि शहर-बजारमा गरिने सामुहिक दर खाने कार्यक्रम अहिले आएर ग्रामिण भेगमा पनि गर्न थालिएको छ । यसपटक शान्तिपुरबासी महिलाहरुले पनि सामुहिक दरखाने कार्यक्रम गरेका छन् । शान्तिपुर -१ र हर्राचौर -९ का महिलाहरुको संयुक्त आयोजना तथा कालिका युवा क्लबको ब्यबस्थापनमा कालिका युवा क्लब कालिकानगरको खेल मैदानमा सामुहिक दरखाने कार्यक्रम सम्पन्न भएको छ ।
आपसी मेलमिलाप, जातिय सदभाव, कला सँस्कृतिको संरक्षण कायम हुने गरि यसरी गरिने यस्ता कार्यक्रम राम्रा भएता पनि सबै पक्ष राम्रो मान्न भने सकिदैन ।  कला सँस्कृतिको संरक्षणका नाममा  केहि बिकृति समेत भित्रिएका छन् । छाडा शब्दहरु गीतमा प्रयोग हुँदै आइहरेका छन् भने हाम्रा मौलिक गीतहरु लोप हुँदै छन् ।
तीज बढी भड्किलो पनि हुँदैगैरहेको छ । बढी तडक-भडक देखिँदै छ । लुगा-गहना प्रदर्शन गर्ने पर्वको रुपमा बिकसित हुँदै गईरहेको छ तीज यतिबेला । बढी तडक भडक गरेर बढी फजुल खर्च गर्नु भन्दा केहि रचनात्मक काम पनि गर्ने कि महिला दिदीबहिनीहरु ?






भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग