Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै बाबुले बलात्कार गर्‍यो भन्दै छोरीले झुटो उजुरी दिएपछी.......

Published on 2:19:00 AM //

प्रेम सुनार
गुल्मी, भदौ २७ । सधै घरमा कराउने, कुट्ने बाबुलाई लामो समय जेल हाल्ने योजनाका साथ  गुल्मीकी एक युवतीले पटक-पटक आफ्नै बाबुले आफुलाई बलात्कार गरेको भन्दै झुटो उजुरी दिएको गुल्मी प्रहरीको अनुसन्धानले पत्ता लगाएको छ ।
सिमीचौर गाविसकी २२ वार्षिया युवती सेती क्षेत्री (नाम परिवर्तन) ले आफ्नै ४५ वािर्षया बाबु काले क्षेत्री (नाम परिवर्तन) ले आफुलाई बलत्कार गर्यो भन्दै भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । उजुरीपछी दुई हप्ता लगाएर अनुसन्धान गर्दा उजुरी झुटो ठहर भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए ।
"उनकी ३५ वािर्षया आमाले समेत आएर छोरीलाई बाबुले बलात्कार ग¥यो भनेर उजुरी दिएपछि हामीहरु गम्भीर भएर अनुसन्धान ग¥यौ, बाबुलाई पक्राउ गरेर थुन्यौँ", लम्सालले भने, "पछि झुटो ठहर भएपछि बाबुलाई छाडेर तिनै झुटो उजुरी दिने आमा छोरीलाई ल्याएर चौविस घण्टा थुनेर बिहीवार विहवार छाडि दिएका छौं ।"

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग