Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी गुल्मीले बनायो ३५० जनाको टोली सहितको निर्वाचन परिचालन समिति

Published on 4:14:00 AM //

प्रेम सुनार
भदौ २७, गुल्मी । आगामी संविधान सभा निर्वाचनका लागि एकिकृत नेकपा माओवादी गुल्मी जिल्लाले ३ सय ५० जनाको निर्वाचन परिचालन समिति गठन गरेको छ । समिति जिल्ला संयोजक सुदर्शन बरालको नेतृत्वमा गठन गरिएको प्रचार विभाग प्रमुख बुद्धि जि.सीले जानकारी दिए ।
वरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन परिचालन समिति जिल्ला सचिवालय समेत गठन गरिएको छ । सचिवालयमा राज्य समिति सदस्यहरुमा युवराज के.सी., अशोक थापा, बुद्धि जि.सी, निमबहादुर पाण्डे, ज्ञानकुमार बुढा, तेजेन्द्र सलामी, गणेश बिश्वकर्मा, सिर्जना तरामु, शेरबहादुर सर्तुङ्गी र देविराम अर्याल रहेका छन् ।
जिल्ला परिचान समितिमा जिल्ला सदस्य, गाउँ कमिटी अध्यक्ष सहित ३ सय ५० जनाको टोली बनाईएको कार्यबाहक जिल्ल्ला संयोजक युवराज केसीद्वारा जारी पार्टीको सर्कुलरमा उल्लेख छ ।
निर्वाचन परिचालन समितिले विभिन्न उप समिति समेत गठन गरेको छ । राज्य समिति सदस्य निमबहादुर पाण्डेको संयोजकत्वमा प्रचार प्रसार समिति, लगायतका उप समितहरु गठन गरिएको जनाईएको छ । सो पार्टीका केन्द्रिय सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा हिजो देखि सुरु भएको बैठक एवं चुनावी रणनिती प्रशिक्षण कार्यक्रमका क्रममा समिति गठन गरिएको हो ।
गत साउन १५ गते देखि भदौं  १० गते सम्म पहिलो चरणको एक महिने चुनावी अभियान सम्पन्न गरेको सो पार्टीले अव दोस्रो चरणको अभियान सुरु गर्ने निर्णय गरेको छ । यस क्रममा योजनाबद्ध रुपमा असौज १८ गते सम्म पार्टी सदस्य र आम मतदाताहरुसंग भेटघाट गर्ने निर्णय भएको जि.सीले जानकारी दिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग