Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्यासिनो सांग्रीला सधैंका लागि बन्द

Published on 3:08:00 AM //

काठमाडौं, असोज १३ । सरकारको पछिल्लो नियम र मजदुर ज्याजतीका कारण विदेशी लगानीको क्यासिनो सांग्रीला सधैंका लागि बन्द भएको छ।

क्यासिनो बन्द भएपछि त्यहाँ कार्यरत करिब ५ सय मजदुर बेरोजगार भएको आजको नागरिक दैनिकमा खबर छ।

राजनीतिक दलसम्बद्ध मजदुर संगठनहरू बीचको द्वन्द्वबाट आजित व्यवस्थापनलाई सरकारले जारी गरेको 'क्यासिनो नियमावली २०७०'ले बन्दै गर्न थप बल मिलेको हो। व्यवस्थापनले शनिबार दुईबजेबाट क्यासिनो बन्द गरिएको औपचारिक सूचना टासेर तालाबन्द गरेको हो।'मजदुरको ज्याजती त छँदै थियो, त्यसमाथि सरकारको नयाँ नियमावलीले थप धक्का दियो,' क्यासिनो व्यवस्थापन स्रोतले भन्यो,'बाध्य भएर बन्द गरेका हौ।'

लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रीलाको परिसरमा रहेको उक्त क्यासिनो मेलेसियाली कम्पनी गोल्ड सोर क्यापिटलको सतप्रतिशत करिब ७० करोड रूपैयाँ लगानी थियो। सात वर्षदेखि सञ्चालीत क्यासिनोमा ४ सय ३८ जना कर्मचरी रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग