Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोरीले बाबुको काज किरीया गर्दै

Published on 11:30:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २६ भदौ ।  आमाबाबुको देहवसानपछि काज किरिया छोराहरुले गर्नुपर्छ, छोरीले गर्नु हुँदैन, पाप लाग्छ भन्ने रुढीबादी परम्परालाई चुनौति दिएकी छन् गुल्मी हाडहाडेकी एक युबतीले । बाबुको देहबसानपछि हाडहाडे गाविस ५ धनमुढाकी २० वर्षीया माया विश्वकर्मा अहिले वावुको काज किरियामा वसेकी छन् ।
बाबु गोपाल विश्वकर्माको ५८ वर्षको उमेरमा निधन भएपछि छोरी मायाले बाबुको दाहसंस्कार तथा अन्त्यष्टी सहित गत पाँचदिन अघिदेखि काज किरिया सुरु गरेकी हुन् । दाजु भाई नभएकी मायाले “म पनि त उहाँकै सन्तान हुँ, छोराको सरह मेरो पनि बाबुप्रति समर्पण छ ” भन्दै उनले बाबुको अन्त्यष्ठि गर्नुका साथै धार्मिक परम्परा  अनुसार काजकिरीया समेत शुरु गरेको स्थानीयले बताएका छन् । छोरीले छोराले सरह काज किरिया गर्नुहुँदैन भन्ने मान्यता विरुद्ध माया विश्वकर्माले गतिलो चुनौति पेश गरेकी छिन् । परिवर्तित समयमा मायाबाट पनि पाठ सिक्नुपर्ने स्थानीय बुद्धिजीविहरुको भनाई छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग