Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जमिन भासिएपछि विद्यालय भवन जोखिममा

Published on 6:30:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २६ भदौ ।  गतसाता परेको अबिरल वर्षाको कारण जमिन भाँसिएपछि गुल्मी अर्लाङ्गकोटको एक विद्यालयको एउटा भवन र शौचालय उच्च जोमिममा परेको छ । लगातारको वर्षाले जमिन भासिएपछि सितापुर उच्च माध्यमिक विद्यालय, अर्लाङ्गकोटको तीन कोठे भवन र नजिकै रहेको तीन कोठे शौचालय जोखिममा परेको हो ।
विद्यालय भवन पछाडीको जमिन भाँसिएपछि विद्यालयको परियोजनाको भवनमा क्षति पुगेको छ । भवनको एउटा कोठामा पुर्ण रुपमा क्षति पुगेको छ भने अरु कोठा पनि भत्किने अबस्थामा रहेका छन् । भवनसँगै रहेको तीन कोठे शौचालय पनि जोखिममा छ । “भवन नै भत्किन थालेपछि पठन पाठन कार्यमा निक्कै समस्या भएको छ” प्रधानाध्यापक नरेशराज खरेलले वताउनु भएको छ । अहिले छात्रछात्राहरुलाई छुट्टै स्थानमा अस्थायी टहरा बनाई अध्ययन अध्यापन गरिरहेको खरेलले जानकारी दिनु भयो । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठक बसी भवनको पुननिर्माण कार्यका लागि जिल्ला शिक्षा कार्यालय र अन्य संबन्धित निकायसँग सहयोग माग गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग