Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डीआईजीसँग दीपकको आक्रोश

Published on 10:56:00 AM //

काठमाडौं । हास्य कलाकार दीपकराज गिरी र ट्राफिक प्रहरी कार्यालयका डीआईजी केशव अधिकारीबीच गत हप्ता राम्रै जुहारी चल्यो। दीपकले सामाजिक सञ्जाल फेसबुकमा केशवविरुद्ध आक्रोश पोखे भने डीआईजी अधिकारी चाहिँ ट्राफिकले समय किनेर कार्यक्रम देखाउने गरेको न्युज २४ टेलिभिजनमार्फत कलाकार गिरीविरुद्ध प्रस्तुत भए।
मादक पदार्थ सेवन गरेर सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले आफ्नो र दीपाश्री निरौलाको लाइसेन्स लगेपछि दीपक ट्राफिक प्रहरीसँग रुष्ट भएका हुन्। अन्य व्यक्तिको लाइसेन्स लिएर ६ महिना एक वर्ष राख्दासमेत कुनै कारबाही प्रक्रिया अघि नबढाउने ट्राफिक प्रहरीले दीपक र दीपाश्रीलाई भने एक हप्ताभित्रै मापसे विरुद्धको कक्षा लिन आउन बोलाएका थियो। त्यति मात्र होइन, व्यक्तिको मौलिक हक हनन हुने गरी ट्राफिकले टेलिभिजनमा मापसे गरी सवारी चलाएको भन्दै लाइसेन्स नियन्त्रणमा लिएको भनेर कार्यक्रमसमेत देखाएको थियो। सोही कारण दीपकराज ट्राफिक प्रहरीविरुद्ध लागेका हुन्।
दीपकराजको लाइसेन्स नियन्त्रणमा लिने बेला ट्राफिक प्रहरी प्रमुखमा उपेन्द्रकान्त अर्याल थिए। तर उनको ठाउँमा आएका केशव अधिकारी भने दीपक र दीपाश्रीविरुद्ध कठोर भई प्रस्तुत भए। अर्यालले आफूलाई ट्राफिक प्रहरीका विषयमा जनचेतना वृद्धि गराउन कार्यक्रम बनाउन दीपक र दीपाश्रीलाई आग्रह गरेका थिए। त्यसबापत आफ्नो नियन्त्रणमा लिइएको लाइसेन्स फिर्ता पाउने र ट्राफिक कक्षा लिन नपर्ने कुरामा दीपक र दीपाश्री थिए। कार्यक्रम बनाइसकेपछि ट्राफिकले जसरी भए पनि कक्षा लिनुपर्ने र जरिवाना तिर्नुपर्ने बताएपछि डीआईजी अधिकारी र कलाकार दीपकराजको जुहारी चलेको हो। अधिकारी कानुनको पालना कलाकारले पनि गर्नुपर्ने बताउँछन् भने गिरीले चाहिँ डीआईजीलाई टेलिभिजनमा अनुहार देखाउन मन पराउने व्यक्ति भएको भन्दै आइन्दा ट्राफिक प्रहरीको अत्याचारविरुद्ध खुलेर लाग्ने घोषणा गरेका छन्। ट्राफिकले दीपक र दीपाश्रीको लाइसेन्समा मापसे गरेको भन्दै प्वाल पारेको छ। -विक्ली नेपालबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग