Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"बन्दुक लिएर पसल नआउनु"

Published on 1:09:00 AM //

बासिङटन डिसी- अमेरिकी कफी चेन स्टारबक्सले आफ्ना ग्राहकलाई पसलमा आउँदा बन्दूकबिना आउन आग्रह गरेको छ। अमेरिकामा बन्दुक कानुन विषयमा बहस चलिरहेको बेला कफी चेनले यस्तो आग्राह गरेको हो।

अमेरिकामा हतियारधारीले सपिङ मल तथा सार्वजनिक स्थानहरुमा गोली चलाउने समस्या बढ्दै गएको सन्दर्भमा स्टारबक्सले ग्राहकलाई यस्तो अग्रह गरेको हो। तर उसले बन्दुक ल्याउन भने प्रतिबन्ध लगाएको छैन। स्टारबक्सका प्रबन्धकले बक्दूक सहित आउने ग्राहकको पनि कम्पनीले स्वागत गर्ने बताएका छन्।

स्टारबक्सले आफ्ना ग्राहकलाई सुरक्षा तथा सहजता दिन यसो गरेको बताएको छ। तर बन्दुक बोक्न पाउनुपर्ने भन्दै आएकाहरुले भने स्टारबक्सको यस निर्णयको विरोध गरेका छन्।

पछिल्ला घटनाहरुले अमेरिकामा फेरि एक पटक बन्दुक कानुन बारे बहस चर्किएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग