Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक रुपैयाँ संकलनबाट अहिले १८ करोडको पुँजी

Published on 2:15:00 AM //

प्रेम  सुनार
असौज ५, गुल्मी । आज भन्दा २१ बर्ष अघि प्रति सदस्य एक रुपैयाँका दरले संकलन गरी सुरु गरिएको गुल्मीको तम्घासस्थित एक सहकारी संस्था अहिले १८ करोडको पुँजी संकलन गर्न सफल भएको छ । २०५० साल अश्विन ५ गते तम्घास १ का २१ जनावाट रु १ का दरले संकलन गर्ने गरी स्थापना गरिएको लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाले यस्तो सफलता हासील गरेको हो ।
शनिवार संस्थाको २२ औं वार्षिक साधरण सभाको अवसरमा अध्यक्ष यमबहादुर थापाले भने–‘आज भन्दा २१ वर्ष अघि नावालक सहित रु १ का दरले सुरु गरिएको यस सहकारी संस्थामा अहिले १३ सय ३९ जना शेयर सदस्य र १८ करोडको कारोबारको सिमा सम्म पुग्नु गौरवको विषय हो ।’ कुनै समय शेयर सदस्यलाई पाँच हजार ऋण उपलब्ध गराउन मुस्किल थियो’ उनले भने–‘अहिले १५ लाख सम्म ऋण उपलब्ध गराउँदै आएका छौं ।’ संस्थाले शेयर सदस्यहरुलाई बृद्ध भत्ता, स्वास्थ्य उपचार खर्च, अन्य सुविधा भत्ता, सामाजिक सहयोग कार्यक्रम, छात्रबृत्ति, विभिन्न प्रकृतिको सम्मान, भ्रमण भत्ता, शैक्षिक विकास र शिप मुलक तालिम समेत प्रदान गरी पश्चिम नेपालका सहकारी संस्थाहरु मध्ये बेग्लै पहिचान बनाउन सफल भएको उनले दावी गरे ।
संस्थामा यस वर्ष मात्रै ८८ जना शेयर सदस्य र ३२ जना नावालक सदस्य थापिएको सचिव भुवनप्रसाद अर्यालले जानकारी दिए । संस्थाले विरामी परेका सदस्यहरुलाई १० हजार रुपैया उपचार खर्च छ महिना सम्म निर्ब्याज दिने गरेको उनले बताए । संस्थाका कोषाध्यक्ष गणेश श्रेण्ठले दिएको जानकारी अनुसार संस्थामा ८ करोड ४३ लाख ६ सय ६८ रुपैयाँ बचत संकलन छ । त्यस्तै  कुल ९ करोड ११ लाख ६४ हजार ५ सय ऋण लगानी गरेको छ । त्यस मध्ये यस वर्ष उसले ७ करोड ६२ लाख ९८ हजार ३ सय ९० रुपैयाँ ऋण असुली गरिएको छ । त्यसवाट संस्थालाई ब्याज बापत ७४ लाख ५२ हजार ६ सय२१ रुपैयाँ आम्दानी गरेको छ भने बैंक ब्याज बापत १ लाख ९० हजार ५ सय २९ रुपैयाँ प्राप्त भएको छ । संस्थाले यस वर्ष १७ करोड ४० लाख २८ हजार ३५ रुपैयाँ बराबरको कारोबार गरेका कोषाध्यक्ष श्रेष्ठले बताए ।
संस्थाका उपाध्यक्ष गोपाल पन्थीका अनुसार जति बेला तम्घासमा यस संस्था स्थापना गरिदै थियो, यहाँ सहकारी भन्ने के हो ? थाहै थिएन । पहिलो पटक चितवानमा स्थापना भएको बखान सिंह सहकारी संस्था, बछ्यौली सहकारी संस्था चितवन, मकवानपुरको महिला मिलन सहकारी संस्था, नवलपरासीको विजय विकास सहकारी संस्था र पोखरा रोयल बचत तथा सहकारी संस्थाको भ्रमण र अध्यानबाट यो सहकारी संस्थालाई आजको स्थानमा ल्याई पुराईएको हो ।
संस्थाले सदरमुकाम तम्घास, अर्खले, सिमिचौर, दुविचौरलाई कार्यक्षेत्र बनाउँदै आएको छ । आगामी दिनमा संस्थाले आधुकिन कृषि, ब्यबसायिक पशुपालनको क्षेत्रमा लगानी गर्ने सोच बनाएको अध्यक्ष थापाले बताए । वार्षिक साधरण सभाको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले उद्घाटन गरेका थिए ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग