Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोकर्ण विष्टलाई ‘ढाँटको खेती’ नगर्न भुषालको चेतावानी

Published on 2:01:00 AM //

प्रेम सुनार
भदौ ५, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्वर ३ का क्षेत्रिय संयोजक दामोदर भुषालले नेकपा एमालेका नेता एवं पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले ढाँटको खेती गरेर जनतालाई गुमराहमा पारेको आरोप लगाउँदै त्यसो नगर्न चेतावानी दिएका छन् ।
शनिबार गुल्मीको अर्जैमा नेपाल महिला संघको बृहत भेलालाई सम्वोधन गर्दै उनले यस्तो चेतावानी दिएका हुन् । "गुल्मीको क्षेत्र नम्वर ३ मा विद्युतका पोल आए पनि मैले नै पारी दिएको हुँ, मोटरबाटो, पुल, स्कुल, पानीका पाईप सम्म मैले नै पारीदिएको हुँ भन्दै विष्टले ढाँटको खेती गरिरहेका छन्" उनले भने–‘त्यस्तो कुप्रचार नगर्न हामी चेतावानी दिन्छौ । ’
सर्वदलिय समहमतिमा सरकारले विकास योजना पारेको हो, गाविस र जिविसमा पनि त्यसरी नै विकास योजना विनियोजित भएका हुन’ उनले भने–‘तर विष्टले केन्द्र देखि गाविससम्मबाट परेका विकास समेत आफुले नै पारीदिएको भनेर लाजै नमानी प्रचारवाजी गरिरहेका छन् तर अहिलेका सचेत जनताले पत्याउनेवाला छैनन् ।’
केहि दिन अघि काठमाण्डौबाट प्रकाशित उनि निकट पत्रिकाले गोकर्ण विष्टले फलानो ठाउँमा पनि पुल पारी दिएको हुन भन्ने कुरालाई उदृत गर्दै भुसालले भने ‘जहाँ त्यो पुल विष्टले पारी दिएको भनेर प्रचार गरियो  त्यहाँ पुल हाल्ने ठावै छैन त उनले कसरी पुल पारिदिए ?
‘विष्ट उर्जा मन्त्री रहँदा काम भन्दा ज्यादा मिडिया प्रयोग गरेर सस्तो लोकप्रियता कमाएको आरोप लगाउँदै उनले भने–‘अहिले पनि त्यस्तै कुप्रचार गर्दै गराउँदै  हिँडेका छन्, त्यो हामी चिर्दै छौ, यहाँको विकास निर्माण कांग्रेस, माओवादीले पनि गरेको हो । ’
उनले एकिकृत नेकपा माओवादीको पनि चर्को आलोचना गरेका थिए । ‘माओवादीले हिजो सामाजिक रुपान्तरणका कुरा उठायो तर उ अहिले आफ्नो एजेण्डाबाट च्युत भई सकेको छ’ उनले भने–‘ अव माओवादीलाई पनि समाज रुपान्तरण मैले गर्दै छु भन्ने अधिाकार छैन ।’
कार्यक्रममा नेपाली कांग्रेस अर्जै गाउ कार्य समितिका सभापति दिपक भण्डारी, हरिप्रसाद पोखरेल, तुल्सीराम अर्याल लगायतले पनि मन्तब्य राखेका थिए । नेपाल महिला संघ अर्जै गाउँ कार्य समिति अध्यक्ष सिता अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढुण्डीराज अर्यालको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग