Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेग्मीको राजिनामा दिए माओवादी चुनावमा आउँछ: विष्ट

Published on 2:51:00 AM //

प्रेम सुनार
असौज ६, गुल्मी । नेकपा एमलेका केन्द्रीय सदस्य एवं पुर्व उर्जा मन्त्री गोकर्णराज विष्टले नेकपा–माओवादी लगायतका ३३ दलहरुलाई चुनावमा ल्याउन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधिष पदबाट राजिनामा दिनु पर्ने धारण राखेका छन् । "प्रधानन्यायधिष पदबाट राजिनामा दिनुपर्छ भन्ने अडानमा नेकपा एमाले सुरु देखि नै थियो", विष्टले भने, "नेकपा–माआवादी लगायतका दलहरु  चुनाव बहिष्कारको पक्षमा उभिनुको कारण पनि त्यही हुन सक्छ, रेग्मीले उक्त पदबाट राजिनामा दिए उहाँहरु चुनावमा आउनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।" प्रेश चौतारी नेपालले गुल्मीको सदरमुकाम तम्घासमा आईतबार विहान  आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘लोकतान्त्रिक प्रकृयाबाट उहाँहरु संविधान बनाउन चाहेको हो भने रेग्मीलाई मन्त्री परिषदको अध्यक्षबाट होईन प्रधानन्यायधिषको पदबाट राजिनामा गराएर माओवादी लगायतको ३३ दललाई चुनावमा ल्याउनु पर्छ भन्ने पक्षमा नेकपा एमाले छ’ विष्टले भने–‘ म ब्याक्तिगत रुपमा पनि उहाँहरुलाई चुनवमा आउन अपिल गर्दछु ।’ उनले नेकपा–माओवादीलाई हत्या हिंसाको युग समाप्त भएको भन्दै शन्ति प्रकयामा  आश्था राखेर चुनावमा आउन अग्राह गरे । रेग्मीले प्रधान न्याधिषबाट राजिनामा दिदा संवैधानिक संकट आउला नि ? भन्ने प्रश्नमा विष्टले भने –‘दलहरुले चाहे त्यो आकाधा घण्टा मै संविधान संशोधन गर्न सकिन्छ ।’उनले दलहरुले विगतमा आएका संवैधानिक संकटको बाधा अडकाउ फुकाउमा आधा घण्टा मै गरेका निर्णयहरुको उदाहरण दिदै भने–‘ त्यसरी नै संविधान संशोधन गरेर रेग्मीलाई राजिनामा दिन लगाउनु पर्छ र माओवादी लगाएतका ३३ दलहरु प्नि चुनावमा आउनु पर्छ । ’
अर्को एक प्रशंगमा उनले नेकपा एमालले विगतका कमी कम्जोरी सच्चाएर अगाडी बढेको र आगमी चुनावमा पहिलो पार्टी बन्ने दावि गरे । ‘ शान्ति प्रकृयामा हामीले खेलेको भुमिका , लोकतन्त्रप्रतिको प्रतिवद्धता, मुलुक समृद्ध पार्ने आर्थिक अजेण्डा ,  संघियता प्रतिको अडान र संगठनात्मक आधारमा हामी देशको पहिलो पार्टी बन्छौ  ’उनले भने–‘ गुल्मीमा पनि तिनवटै क्षेत्र जित्छौ । ’
पत्रकार सम्मेलनमा उनले अन्य दल र आफ्नै दलका अन्य नेताहरुले जस्तो कुनै पार्टी र नेता विशेषको आलोचना भने गरेनन् । उनि ३ नम्वर क्षेत्रको चुनावी अभियान, जन सम्वन्ध सुदृढ गर्ने कार्यक्रममा ब्यस्त रहेका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग