Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३३ वर्षिय युवकको दुवै मृगौला फेल भएपछि परिवार विचल्लीमा

Published on 3:28:00 AM //

भरत पाण्डेय
गुल्मी ६ असोज । ३३ वर्षिय एक यूवाको दुवै मृगौला फेल भएपछि परीवार विचल्लीमा परेको छ । गुल्मीको धुर्केाट् रजस्थल २ रातामाटा स्थाई घर भई बुटवल भैरहवा क्षेत्रमा सडक क्षेत्रमा घडि विक्री गरेर जीवन निर्वाह गर्दे आउनुभएका ३३ वर्षिय रोमलाल भण्डारीको दुवै मृगौला फेल भएपछि विचल्ली भएको हो ।romlal ph
गत साउन २६ गते पिशावको समस्या देखिएपछि उपचारको क्रममा दुवै मृगौला फेल भएको थाहा पाएको उहाँले बताउनुभयो । बुटवल १३, मजुवामा बस्दै आउनुभएका उहाँले ८ वर्षकी छोरी र ४ वर्षको छोरा गरी २ सन्तानलाई पढाउने, बुबा आमा, श्रीमति र भाईहरु गरी १४ जनाको खर्च एक्लैले जुटाउँदै आउनुभएको थियो । ‘अहिले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डाईलाईसिस गराईरहेको छु – उहाँले भन्नुभयो – म विरामी भएदेखि मेरो उपचारका लागि कुनै आर्थिक श्रोत त कहाँ हो, मेरो ब्यापारको भरमा जीवन निर्वाह गरेका सबै परीवारलाई विहान बेलुका छाक टार्न समेत समस्या भैरहेको छ । ’
भक्तपुर स्थित मानवअंग प्रत्यारोपण केन्द्रले दिएको जानकारी अनुसार अस्पत्तालको खर्च मात्रै हरेक महिना २० देखि ३० हजार सम्म लाग्छ । यदि आफ्नो घरपरीवारको मृगौला प्रत्यारोपण गर्न मिल्ने भएमा नेपालमा मृगौला प्रत्यारोपण हुन सक्ने र त्यसका लागि मात्रै ४ लाख भन्दा बढी लाग्ने अस्पत्तालले जनाएको छ । यदी नेपालमा संभव नहुने भएमा भारतमा प्रत्यारोपण गर्नुपरे करीव १५ लाख आवस्यक पर्ने र त्यसबाहेक प्रत्यारोपण पछि पनि मासिक १५ हजार रुपैयाँ बराबरको औषधि जीवनभरी खानुपर्ने अस्पत्तलाले जनाएको छ । अस्पत्तालको उक्त खर्च बाहेक उपचारका लागि जाने आउने र बस्ने खाने खर्च छुट्टै लाग्छ । अहिले काठमाण्डौमा ऋण खोजेर बसीरहेको उहाँले बताउनुभयो ।
तर अहिले आर्थिक श्रोत नभएपछि उहाँले सहयोगको लागि याचना गर्नुभएको छ । ‘ म बाँच्नु मेरो जागि मात्रै भएन मेरो आम्दानीमा आश्रित परीवारलाई बचाउनको लागि मृगौला प्रत्यारोपण गर्न सहयोग गरीदिनुहुन अनुरोध गर्दछु ।’ – उहाँले सहयोगको अपिल गर्दै भन्नुभयो ।
सहयोग गर्नेहरुका लागि उहाँले सिद्धार्थ डेभलपमेण्ड बैंक, बुटवल शाखाको मेरो खाता नम्बर ००७०००००१७१ (डि) मा रकम उपलब्ध गराईदिनुहुन वा ९८४७१२४०३४ मा सम्पर्क गर्नुहुन उहाँले अनुरोध गनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग