Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परिवर्तनको सुरुवात आफैबाट गरौँ

Published on 2:57:00 AM //

संगिता कुवँर
गुल्मी । महिलाले गर्न हुने र गर्न नहुने काम भनेर समाजद्धारा सिर्जित संरचनालाई अब परिर्वतनशील बनाउन गुल्मीका महिलाले सुरुवात गरेका छन् । गुल्मीमा रहेर महिला मानब अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी वामी ३ की बिष्णुकुमारी सापकोटाले आफ्नी आमाको आफै दागबत्ती दिनुका साथै १३ दिनसम्म काज किरीया समेत गर्नुभएको छ । नेपाल महिला संघ गुल्मीकी जिल्ला अध्यक्ष समेत रहनुभएकी सापकोटाले आफ्नी आमा धनकुमारी सापकोटाको मृत्युपछि आफै दागबत्ती दिनुभएको थियो । उहाँका दाजुभाई नभएर पनि होइन तर उहाँले जसरी आफुलाई जन्म दिने आमाको काज किरीया दाजु भाईले गर्छ, त्यसरी नै छोरीले पनि काज किरीया गर्न सक्छन भन्दै विष्णुले कपाल मुण्डन गरेर १३ दिनसम्म काज किरीया गर्नुभयो ।
काठमाण्डौको पशुपतिमा उहाँले आफ्नी आमाको दागबत्ती दिन्छु भन्दा कत्तिले त उहाँलाई त्यसो नर्गन आग्रह समेत गरे । साथै महिलाले दागबत्ती दिने कुरा आश्चर्य मान्दै रमिता जस्तै हेर्ने पनि उत्तिकै थिए । तर सापकोटा आफु परिर्वतन चाहाने भएकाले अरुलाई परिर्वतन गर्नुपर्छ भनेर मात्र नहुने, परिर्वतनको लागि आफुले पनि गरेर देखाउनुपर्ने भन्दै दागबत्ती दिएर आमाको किरिया बस्नुभयो । ‘छोरा जन्मदा आमाले जति कष्ट भोग्नुभयो त्यत्ति नै मलाई जन्माउदा पनि भोग्नुभयो’ सापकोटाले भन्नुभयो ‘किरिया बस्नलाई छोरा नै हुनुपर्दैन ।’ ‘शुरुमा मेरो साहसप्रति गुल्मीका सरोबारवालाले समेत अनौठो रुपमा लिएका थिए’ – उहाँले भन्नुभयो । सबैको कुरा गर्ने सापकोटाको यस्तो कामले महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुलाई पनि गतिलो पाठ सिकाएको छ । परिर्वतनको सुरुवातका लागि आफैबाट सुरुवात गर्नुपर्छ भन्ने सापकोटाको यो प्रयास सकरात्मक रुपमा रहेको बौद्धिक व्याक्तिहरुको भनाई छ ।
पछिल्लो क्रममा आफुलाई जन्म दिने बाबु आमाको मात्र नभएर श्रीमान्को पनि श्रीमतिले दागबत्ती दिने चलन गुल्मीमा बढ्दो छ । गुल्मी तम्घासमै अध्यापन गर्दै आउनुभएकी धना भण्डारीले ३ बर्ष अघि आफ्ना श्रीमान फणिन्द्र भण्डारीको देहवसान हुदाँ पनि आफैले दागबत्ती दिनुभएको थियो। उहाँले पनि आफ्नो श्रीमान्को दागबत्ती दिन केही नहुने बताउदै महिलाले गर्न हुन्न भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै समाजमा सकारात्क धारणाको विकासका लागि आफुले त्यसो गरेको बताउनुभयो । यसरी महिला नेतृत्व तथा परिर्वतनको सुरुवातको उदाहरण यति मात्र नभएर गुल्मी जिल्लामा महिला सम्बन्धी बिबिध हिसांका घटनालाई मिडिया संगै महिला हिसांका घटना बाहिर ल्याउन समेत नेतृत्व तहका महिला लागिपरिरहेका छन् ।
साथै महिलाले अब नेतृत्व तहमा पुगेर समाज परिवर्तन गर्ने कुरा भाषणमा मात्र नगरेर अब समाजमा आफु उदाहरणीय बनेर पनि समाज परिर्वतन सभ्भव भएको महिला मानब अधिकार रक्षक सञ्जालकी जिल्ला अध्यक्ष सिता भुसालले बताउनुभयो । यो या त्यो बाहानामा समाजद्धारा सिर्जित संरचनाका कारण महिला हिसांका घटना त छन् तर महिलालाई हेर्ने दृष्टिकोण पहिले भन्दा धेरै परिर्वनशील भएको सञ्जाल गुल्मीका अध्यक्ष भुसालले बताउनुभयो ।
अहिले जिल्लामा महिलाले आफनो हिसांको पीडालाई लुकाएर राख्दैनन, आफनो पीडा बोलेर न्याय नपाउञ्जेल बस्ने ब्यबस्था कहाँ भन्ने पनि खोजी गर्न समेत भ्यााइसकेका छन् । यसरी महिलाले अब आफनो पीडा बोल्न थालेपछि महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउन थालेको छ । यस्तै मानब अधिकारकर्मी नरेश भण्डारी भन्नुहुन्छ ‘एक दुइ वटा उदाहरणबाटै भोलिको सकरात्मक परिर्वतन सम्भव भएकोले हामीले एकै चोटी सबै हिसां कम गरौ भन्दा पनि बिस्तारै आफै परिवर्तशील बन्नतर्फ लाग्नुपर्छ ।’ पत्रकार सिता सुवेदीले महिलाका बिषयमा मिडियामा हिसांमा प्रतिनिधित्व पुरुषले गरे पनि महिलाको भुमिकालाई प्राथामिकतमा राखिने कारणले महिलालाई हर्ने दृष्टिकोणमा परिर्वतन नआएको बताउनुभयो । साथै भण्डारीले महिलाले गरेको ठुलो काम पनि त्यति मिडियामा चर्चामा नआउने तर पुरुषले गर्ने सानो काम पनि मिडियामा चर्चामा आउने गरेकोले अब महिलाले गरेका सकरात्मक प्रयासमा मिडियाले सम्मान गर्नुपर्ने बताउनुभयो ।
महिलामाथि हुुने हिसांलाई कम गर्न महिला अधिकारका विषयमा मात्रै भाषण छाँटेरनहुने अब सामाजिक, धार्मिक तथा सास्कृतिक तबरबाट पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने अधिकारकर्मीहरुको जोड छ । महिला जोबाट हिसांमा पर्छ उसलाई सचेत बनाउनु पनि उत्तिकै आबश्यक पनि छ । अब महिलाको क्षेत्रमा काम गर्ने संघ सस्था महिला अधिकारकर्मी, राजनितिक दल, बिभिन्न सरकारी कार्यालयका कर्मचारी लगायतले पनि अब आफु परिर्वतन भए समाज परिर्वतन हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । समाज परिर्वतनमा महिलाको आवाज नेतृत्व तहसम्म पु¥याउनका लागि आफनो भुमिका पनि बिर्सनु हुदैन । होईन भने त परिर्वतनका कुरा गरेर मात्र हुदैन, कार्यान्वयनको चरण आफैबाट आरम्भ गरेमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने कुरा असम्भब भने छैन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग