Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोटरजस्थल गाविसमा सामुदायिक विद्युतीकरणको उद्घाटन

Published on 11:23:00 PM //

संगिता कुवँर
भाद्र ३०, गुल्मी । गुल्मीको धुर्कोटरजस्थल गाविसमा सामुदायिक विद्युतीकरणको उद्घाटन गरिएको छ । विद्युतीकरणको आईतवार सामुदायिक विद्यूतीकरण उपभोक्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रिय महासचिव नारायण ज्ञवालीले उद्घाटन गर्नुभएको हो ।
विद्यूतीकरणको उद्घाटन गर्दै ज्ञवालीले राजनीतिक अस्थितरताका कारणले गुल्मीका जिल्लाका सवै गाविसमा विद्युत पु¥याउन कठिन भएको वताउँदै सवैको सहयोग भएमा आगामी पाँच वर्षभित्रमा प्रत्येक घरघरमा विजुली पुग्ने पनि दावी गर्नुभयो । ज्ञवालीले गुल्मी जिल्लालाई अहिलेसम्म औपचारिक रुपमा लोडसेडिङ्ग मुक्त जिल्ला घोषणा नगरिएको तर, सवैले घोषणाको रुपमा वुझ्दा समस्या भएको वताउनुभयो । उहाँले विद्युत विस्तारको अनुपातमा उत्पादन कम हुँदा गुल्मीमा पछिल्लो समय विद्यूत अनियमित भएको वताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यूत प्राधिकरण क्षेत्रीय कार्यालय वुटवलका सहायक प्रवन्धक युवराज आचार्य, नेपाल विद्युत प्राधिकरण गुल्मीका श्रीराम सुवेदी, क्षेत्रीय सहायक कम्प्युटर अधिकृत राजेन्द्र क्षेत्री, रुरु रेसुङ्गा संरक्षण समितिका अध्यक्ष निमवहादुर पाण्डेय, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हरी वहादुर खत्री, वाग्ला गाविस सचिव वेदनिधि पन्थी, दिपक मावि भनभनेका प्रध्यापक थानेश्वर खनाल, इन्दिरा माविका सहायक प्रधानाध्यापक कृष्ण केसी, धुर्कोटरजस्थल काठमाण्डौ सम्पर्क समाजका सल्लाहकार विमल घिमिरे र सिता भण्डारी, स्वतन्त्र जनपक्षीय युवा क्लवका अध्यक्ष लोकवहादुर केसी, धुर्कोटरजस्थल सामुदायिक विद्युतीकरणका कोषाध्यक्ष मानवहादुर थापा तथा पत्रकार दधिराम खनालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धुर्कोट उपस्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराज पराजुली, पशुसेवा कार्यालय धुकोटका प्रमुख श्याम कार्की, इन्दिरा माविका प्रधानाध्यापक हरीप्रसाद घिमिरे, धुर माविका राजु पछाईँ, वाग्ला उच्च माविका प्राचार्य भेषराज खनाल, हिलालय उच्च माविका शेरवहादुर थापा, लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, महिला समुह लगायतको उपस्थिती रहेको थियो ।गाउँमा विद्यूत पुगेपछि स्थानीय वासिन्दाले पञ्चेवाजा वजाई नाचगान गरेर रमाएका थिए । साथै सोही अवरमा धुर्कोटरजस्थलवाट गत वर्षको एसएलसी परीक्षामा सर्वोत्कृष्ठ अंक ल्याउने इन्दिरा माविका राजु जिसी र धुर माविकी रचना भण्डारीलाई धुर्कोटरजस्थल काठमाण्डौ सम्पर्क समाजले सम्मानित गरेको थियो ।
सामुदायिक विद्यूतीकरण उपभोक्ता समितिका अध्यक्ष कृष्णवहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत धुर्कोटरजस्थलका पुर्व गाविस सचिव हिमवहादुर कुवर र सञ्चालन समितिका सहसचिव ज्ञानवहादुर नेपालीले गर्नुभएको थियो । २०६३ सालवाट निर्माण शुरु भएको विद्यूतीकरण स्थानीय वासिन्दाको २० प्रतिशत र सरकारको ८० प्रतिशत गरी कुल एक करोड ९२ लाख २३ हजार ७ सय ७० रुपैंयाको लागतमा निर्माण सम्पन्न भएको हो । विद्यूत सेवावाट गाविसभित्रका करिव ५ सय घरधुरी लाभान्वित भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग