Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडीको पछाडी झुण्डीनुको परिणाम

Published on 4:52:00 AM //

प्रेम सुनार
असौज २, गुल्मी । ग्रामिण भेगका वाल वालिकाहरु गाडी कति बेला आउँछ र झुण्डीए गाडी चढ्ने धोको पुराऔला भन्दै ठाउँ ठाउँमा कुरेर बसेका हुन्छन । चालक सह–चालकले हप्काउँदा पनि गाडीमा झुण्डीन नपाए पछाडिबाट ढुङ्गाले गाडी हान्न समेत बेर लगाउँदैनन् उनिहरु । यसबाट आजित छन् अभिभावक र सवारीचालकहरु । तर परिणामः तस्वीरमा  देखिने बालककै जस्तो हुने छ ।
यसर्थ अभिभावकले सम्हालौ र वालवालिका स्वयं पनि अव कदापी गाडीमा झुण्डीन्न भन्ने प्रण गरौं । हरेक अभिभावकले आफ्ना छोरा छोरीको उज्वल भविष्यका मिठा सपना देखेका हुन्छन् । त्यस्तै दुख कस्टका साथ मजदुरी गरेर हुर्काउँदै बुढेसकालमा आफ्ना छोराको कमाई खाउँला भन्ने आशमा थिए गुल्मी बडागाउँ ७, चुँदरीगाउँ निवासी मानबहादुर सुनार । कैयौ पटक छोरा अशोकलाई सम्झाए उनले । गाडी कुरेर बसीरहेको वाटोबाट पिट्दै घरमा पनि ल्याए तर अशोकले कहिल्लै टेरेनन् । गाडी कुर्नका लागि तल खोला सम्म पुग्ने, पल्लो गाउँ अमराई सम्म धाउने गरे । त्यो क्रमगाउँमा गाडी आउन थालेको अढाई वर्ष जति भईसकेको थियो ।
उनि मात्र होईन गाउँका सारा केटाकेटीको ध्यान नै गाडीमा झुण्डीनु थियो, राती अवेर सम्म घरमा खान समेत नआउने ।  त्यही क्रममा २०६७ सालमा चौर, चुँदरीगाउँको नेटाबाट दौडिँदै ट्याक्टरटको पछाडी झुण्डीन पर सालघारी पुगेका ११ वार्षिय अशोक गाडी ब्याग गर्दा किचिए र अहिले एउटा खुट्टा नै गुमाएर अपाङ्ग वनेका छन् । अंकल म ठुलो भए पछि आर्मिमा भर्ति हुन जाने हो भन्दै खाई लाग्दा उनि कहिले काँही फौजी पारामा हिडेको र सलाम सर... भनेका अझै मेरा आँखामा नाचिरहन्छ । त्यस्तो सपना साँचेका अशोक अहिले जिउने कसरीको अवस्थामा पुगेका छन् ।
आशा अपाङ्ग केन्द्र तम्घासको सहयोगमा पाल्पा पठाईएका उनको खुट्टाको अप्रेशन विग्रेपछि काठमाण्डौ लगेर ६ महिना राखेर उनको दाँया खुट्टा काटेर ल्याईएको हो । उनको त्यो अवस्था भएपछि बल्ल त्यस गाउँका वाल वालिका गाडीमा झुण्डीन छाडेका छन् । तपाई पनि आफ्ना छोरा छोरीलाई आजैदेखि गाडीमा झुण्डीनबाट रोक्नु होस, अन्यथा अशोक कै नियति भोग्नु पर्ला ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग