Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खसी किन्ने ? सिङ हेर्नुस् नि !

Published on 12:47:00 AM //

ईश्वरराज ढकाल,काठमाडौं
तपाईंले दशैंका लागि खसी वा बोका किन्न लाग्नुभएको छ ? किन्न लाग्नुभएको छ भने सिङ हेर्न नबिर्सिनु होला। सिङमा हरियो लगाएको छ भने किन्नु र रातो रङ लगाएको छ भने नकिन्नु।

दशैं नजिकिँदै जाँदा अस्वस्थ खसीबोका, भेडाच्याङ्ग्रालगायत चौपाया बिक्री हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले राजधानीमा बिक्री गर्न लागेको चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकारले अस्वस्थ खसी, बोकालगायत चौपाया बिक्रीवितरणमा रोक लगाउन निर्देशन दिएलगत्तै महानगरपालिककाले चौपाया परीक्षण शुरू गर्न लागेको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताउनुभयो। उहाँले सरकारको निर्देशन र महानगरपालिकाको योजनाअनुसार दशैंमा बेच्ने तयारी गरिएका चौपाया परीक्षण गर्न लागिएको बताउनुभयो।

कामपाले सबैभन्दा बढी खसीबोका बिक्री हुने राजधानीको खाद्य संस्थानको गोदामसहित छ स्थानमा परीक्षण गर्न लागेको हो। कामपा जनस्वास्थ्य तथा समाजकल्याण विभाग प्रमुख डा. बाबुराम गौतमले जिल्ला पशु स्वास्थ्य कार्यालय काठमाडौं, पशु चिकित्सक सहायक पशु चिकित्सक र कामपाका  कर्मचारीसहित तीन जनाको टोलीले स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो। उहाँका अनुसार बिजुलीबजार, कलंकीको खसीबजार, प्रदर्शनीमार्गको टुकुचास्थित खसीबजार, तीनकुने र बालाजु बाइपास बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। कामपाले हाल पाँच स्थानमा खटाएको चिकित्सक टोलीमा कलंकीमा डा अंजिरमानसिं डंगोल, बिजुलीबजारमा डा. मुकुल उपाध्यायाय, टुकुचाको खसीबजारमा डा. गणेशप्रसाद खकुरेल, तीनकुनेमा डा. बोलराज आचार्य र बालाजुमा डा. इन्द्रेश झा रहनुभएको छ। कामपाले राजधानीमा करिब ५० हजार खसीबोका भेडा र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्न तयारी गरेको छ।

चिकित्सक टोलीले चौपायाको स्वास्थ्य परीक्षण गरेलगत्तै खानयोग्यको सिङमा हरियो र अस्वस्थ्को सिङमा रातो रङ लगाउनेछन्।

अस्वस्थ भेटिएका चौपायालाई पशु चिकित्सकले २४ घण्टा निगरानीमा राख्नेछन्। बेच्ने स्थलको छुट्टै स्थानमा निगरानीमा राखेपछि २४ घण्टाभित्र बेच्न योग्य भए चिकित्सकले पुनः हरियो रङ लगाउनेछन्। कामपाले सबै चौपायालाई तोकिएकोबाहेक अन्य स्थानमा बेच्न निषेध गर्ने तयारी गरेको छ।

दशैंका लागि ल्याइएका अस्वथ्य चौपायाको मासु खाँदा ज्यान नै जान सक्ने भएकाले खासु खानुअगावै स्वास्थ्य परीक्षण गर्न लागिएको डा. गौतमले बताउनुभयो। कामपाले करिब दुई हप्तादेखि बुधबार र शनिबार राजधानीको मासु पसल अनुगमन गर्न थालेको छ। त्यसै गरी कामपा र चिकित्सकको टोलीले राजधानीमा चौपाया भित्रिने स्थानमा आकस्मिक चेकजाँच गर्ने तयारी गरेको छ।

भेटेनरी चिकित्सक डा. अंजिरमानसिं डंगोलले राजधानीबासीलाई दशैंमा स्वस्थ मासु खुवाउन खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागिएको जानकारी दिनुभयो। कामपाले उहाँलाई मासुपरीक्षकका रूपमा खटाएको छ।

अस्वथ्य मासु खाए के हुन्छ ?
झाडापखाला
वर्ड फ्लु
इकोलाई
क्षयरोग
बु्रसेला
एन्थ्रास
जुका पर्ने
आउँ रगतमासी
चर्मरोग
छारेरोग
फुड प्वाइजन (वान्ता आउने, पातलो दिसा लाग्ने र खान मन नलाग्ने
छाला चिलाउने, फुस्रो हुने, घाउखटिरा आउने र पाक्ने
ब्रेनसिस्ट
दम
नेपाल समाचारपत्र दैनिकबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग