Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यिनै हुन गुल्मीमा गाई काट्ने र नाक-कानै च्यातिने गरी गहना लुट्ने (फोटो सहित)

Published on 4:51:00 AM //

प्रेम सुनार
भदौ १५, गुल्मी । केहि दिन अघि गुल्मीको हवाङ्दीमा ज्युँदै गाई काटेर मासु खाने एक जना र हस्तीचौरमा एक महिलाको गहना लुट्ने २ जना लुटेरालाई शनिबार प्रहरीले सार्वजनिक गरेको छ ।
भदौ २ गते राती दुध खान लिएर आएको गाई काटेर मासु खाने हवाङ्दी ४ का काले भन्ने धनबहादुर बि.क. र भदौ १२ गते साँझ हस्तीचौर ६ कि डालकुमारी कुँवरको गहना लुट्ने गुल्मीको पिपलधारा ५ निवासी ३२ वर्षिय लक्ष्मण कुमाल, नवलपरासीको शिव मन्दिर ६ को २८ वर्षिय सुशिल वयम्वु मगरलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
गुल्मी प्रहरिले शनिबार सार्वजनिक गरेका अभियुक्तहरु: धनबहादुर बि.क. (बाँया), सुशिल वयम्वु मगर (बिचमा) र लक्ष्मण कुमाल (दाँया) ।  
सार्वजनिक भएका मध्ये बि.कले गत ३२ वर्ष देखि गाई काटेर मासु खाँदै आएको खुल्न आएको र निजलाई गौवध मुद्धा अदालतमा दायर गरिएको जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले बताए । त्यस्तै हस्तीचौरकी एक्ली महिलाको घरमा पसेर उनको मुख थुनी नाक कानै च्यातीने गरी गहना लुट्ने कुमाल र मगर पेशेवर लुटेरा भएको प्रहरी प्रमुख लम्सालको दावी छ । प्रहरीले ति दुबै लुटेरालाई घटनाको अर्को दिनै पक्राउ गर्न सफल भएको थियो । ति दुई जनाले धारीलो हतियार सहित पेशेवर रुपमै लुटपात योजनामा लागेको अनुसन्धानले देखाएको लम्सालको भनाई छ ।
उनिहरु पक्राउ परे लगत्तै नवलपरासीको चोरी घटनामा पनि उनिहरु संलग्न रहेको कुरा खलासा भएको छ । हस्तीचौरकी महिलाको गहना लुट्नुको दुई दिन अघि भदौ १० गते नवलपरासीको शिव मन्दिर ३ का नरेश महत्तोको घरमा १५ हजार रुपैयाँ नगद र गहना लुटेर योजनबद्ध ढंगले गहना लुट्न उनिहरु गुल्मी छिरेको प्रहरी अनसन्धानले देखाएको लम्सालले बताए । उनिहरुले तम्घास स्थित एक होटल ब्यवसायीको मोटर साईकल प्रयोग गरेका थिए । उनिहरुसंग प्रहरीले २ थान खुकुरी, एक थान, मुखमा सुँघाएर बेहोस पार्ने विषालु पदार्ध र ति महिलाको कानका रिङ, लुर्का वरामद गरेको थियो ।
नाकको फुली, औठी र रुमाल भने उनिहरु भाग्दै गर्दा घटनास्थलमै खसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । तिजको वेला महिलाहरुले प्रशस्त गहना लगाउने भएको हुँदा यति बेला यि दुई जना सहित अन्य लुटेराहरु पनी लुटपात योजनामा लागेको हुन सक्ने भएकोले सचेत रहन प्रहरी प्रमुख लम्सालले आग्रह गरेका छन् ।
डालकुमारी कुँवरको गहना लुट्ने लुटेराहरुबाट बरामद सामाग्रीहरु । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग