Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक गाग्रो पानीका लागि २ घण्टा, त्यही पनि नपाए वलेनीको पानी

Published on 1:44:00 AM //

प्रेम सुनार
भदौ २०, गुल्मी । रातको दुई वजे उठ्नु,पँधेरोमा पालो कुर्नु, विहान सात वजेतिर एक गाग्रो पानी ल्याउनु त्यो पनि पाएन भने वलेनीको पानी पिउनु गुल्मीको अत्तरकाँडा गाउँवासीको दिनचर्या हो । यस्तो समस्या नियाल्न विशेषतः चुनावताका धेरै नेताहरु पुगे । धेरैले आश्वासन पनि दिए । त्यसैले सवै तिर चुनावी चहल पहल छ तर अत्तरकाँडावासीलाई कागलाई वेल पाक्यो हर्ष न विस्मात भने झैं भएकोछ यतिबेला ।
जिल्लाको २ नम्वर निर्वाचन क्षेत्रको अर्खले २ अत्तरकाँडाका करिव तिन दर्जन घरधुरीले यस्तो समस्या भोग्दै आएका हुन् । ‘यो वर्षायाममा त मुल फुटेका छिमेकी कुवाहरुमा गएर अलि छिटो ल्याइन्छ ’स्थानिय महिला एमकला मरासनीले भनिन् –‘हिउँदमा त छिमेकी जिल्ला अर्घाखाँची मरेङ्गका पँधेराहरु चहार्दैमा एक गाग्रो पानीका लागि२÷३ घण्टा समय खर्चिनु पर्छ ।’ एमकलाले थपिन्–‘सधै राती २÷३ वजे उठेर पानी लिन जाने हाम्रो त दैनिकी बनीसकेको छ तर यहाँको यो समस्या थाहा पाउने अरु गाउँका मान्छेले यो गाउँका केटालाई केटी दिन मान्दैनन् ।’
अर्की महिला कमला मरासीनी भन्छिन्–‘धेरै पटक धेरै नेताहरुलाई यो समस्या राख्दा पनि सुनुवाई नभए पछि अहिले त चुनावमा भोट हाल्न जान पनि जाँगर लाग्न छाड्यो ।’ वुढा पाकाहरुको नेतृत्व स्वीकार गर्दै खाने पानीको समधान होला भन्ने ठानेका  युवाहरु यति बेला नेतृन्व संग अलि रुष्ट देखिन्छन् । गाउँको नेता बन्ने र आफ्नो मेसो मिलाए पछि सदरमुकामतिर घर बनाएर बस्ने अनि गाउँको समस्या भुल्ने हरेक गाउँबासीको नियति त्यो गाउँले पनि भोग्नु पर्ने जस्तो देखिए पछि यति बेला युवाहरु नेतृत्वलाई दवाव दिन संगठित हुन थालेको बताउँछन ।
‘नेता नभएका होईनन् यस गाउँमा’स्थानिय युवा एवं सञ्चारकर्मी नारायण प्रभात मरासिनी भन्छन् –‘चुनावताका लौ है हाम्रो खाने पानी समस्याको समधान गर्ने पार्टी भने कै यहि हो भन्दै हिड्ने समधान चाँही कहिल्लै गर्न नसक्ने भएले युवाहरु संगठित हुन थालेका छौं । ’गाउँका नेताहरुले आफ्नो बलबुताले भ्याए सम्म नगरेका भने होईनन्  । उनिहरु कहिले एमाले, कहिले काग्रेस कहिले माओवादी लगायत हरेक दलका नेताहरुकहाँ पनि धाए तर सुनुवाई हुन सकेन ।
अहिले उनिहरुलाई कुनै दल विचार चाहिएको छैन् पानीको योजना पारी दिने ब्याक्ति चाहिएको छ चुनावमा । अत्तरकाँडा गाउँ माथील्लो भु–भागमा पर्दछ । जहाँ पानीको मुहान नहुँदा उनिहरु सदियौंदेखि एक गाग्रो पानीका लागि ३ घण्टा भन्दा बढि समय खर्चिन बाध्य भएका हुन् । त्यसै गाउँका गोपाल मरासीनीले सिङ्गो अर्खले गाविसको नेतृत्व सम्हाले पञ्चायतकालमा ।  अर्का अगुवा रघु मरासीनीले बहुदललिय ब्यवस्था पछि अर्खले गविसको अध्यक्ष सम्हाले । उनका पालमा २०५३÷०५४ तिर गार्डेप परियोजनाबाट आकाशे पानी संकलन गर्ने घैटा बनाए ।पछि फिनाडा प्रोजेक्टले टयाँङी निर्माण गरी दियो । छानावाट बग्ने त्यही बलेनीको पानी संकलन गरेर खानी पानीको समस्या टारेका छन् त्यहाँका बासीन्दाले ।‘ आफुहरुको खाने पानी समस्या पञ्चायत काल मै समधान हुने पक्का भई सकेको थियो ’ अर्खलेका पुर्व गाविस अध्यक्ष रघु मरासनीले भने –‘बहुदल आउनु नै आफुहरुका लागि अफाव हो । ’‘उति बेलाका जिल्ला सभापति र पछि राष्ट्रिय पञ्चायतका सदस्य बैकुण्ठबहादुर चन्दले रेसुङ्गाबाट धागीथुम ब्यारेकमा आउने पानी हाम्रो गाउँमा पु¥यान अन्तिम तयारी गनु भएको थियोे बहुदल आउन वित्तिकै त्यो कुरा हराएर गयो’–उनको यस्तो कथन थियो  ।
पुर्व प्रधान पञ्च गोपाल मरासनीले पनि आफुहरुलाई बहुदल नफापेको कुरा धुर्व सत्य हो भन्दै भने–‘आफुहरुले पञ्चायतकाल मै समधान गर्न लागेको खाने पानी समस्या बहुदल आएपछि हुन सकेन ,राजनैनितक आश्थाका आधारमा तम्घासले आफुहरुलाई पाखा पा¥यो ।’‘ तम्घास ९ अड्विसे गाउँ हाम्रो भन्दा माथील्लो गाउँ हो, जहाँ तम्घासको पानी आउँछ भने हामी त्यो भन्दा तल रहेकोलाई किन नआउने ? ’मरासनीले थपे –‘दलिय लडाईको चेपुवामा हामी परेकै हौ ।’

‘खाने पानीको त्यस्तै समस्या छिमेकी जिल्लाको भगवती, छत्रगञ्ज, मरेङ, ठुला पोखरा लगायतका गाविसमा पनि छ ’रघु मरासीनीले भने–‘ल हेर्नुहोस् त्यहाँ गत संविधान सभामा जितेका नेता टोपबहादुर सायमाझीले लिफ्टीङ्ग सिस्टम खाने पानी योजना पारिदिए अव त्यहाँको खाने् पानी समस्या समधान हुने भयो ।’
खेत जस्तै समथल बारीहरु रहेको अत्तरकाँडा गाउँ खेतीका लागि उर्वर भुमि हो । सिंचाईको अभावमा त्यहाँका महिलाहरु भन्छन् अरु गाउँको करेसोबारीमा हरियो सागपात देख्खा पनि रहर लाग्छ । अत्तरकांडामा १८ घरधुरी संगैको खानदुला दलित बस्तीमा १२ घरधुरी यस्तो समस्याबाट पिल्सीदै आएका हुन् । त्यसो त अर्खले १ को चेक्मी,नेटाखर्क लगायतका गाउँमा पनि मुहान नहुँदा खाने पानीको समस्या छ तर उनिहरुले सिमस्यार खाडलमा डयाम निर्माण गरी आकाशे पानी संकलन गरेर अल्पकालिन समधान निकाल्दै अत्तरकाँडाबासीको भन्दा कम समस्या खेपेका छन् ।अर्खले १ र २ मा लिफ्टीङ्ग सिस्टम खानेपानी योजना पार्न सके त्यहाँका सयौं घरधुरी लाभान्वित हुने देखिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग