Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धनीको दशैं खसी र बोकोमा, गरीबको दसैं भारी र डोकोमा (फोटो फिचर)

Published on 2:49:00 AM //

प्रेम सुनार
असौज २४, गुल्मी । विहान भालेले डाँको नछाड्दै एक डोको बेलौतीको भारी बोकेर तम्घासतिर हिँडेकी दर्लामचौरकी ८० वािर्षया रुमकलालाई दशैंमा नुन भुटुनको जोहो कसरी गर्ने हो भन्ने चिन्ता छ ।
उमेर कति भो आमा ?
औला भाँच्दै भनिन् ‘चार विसा’
जवाफ दिने उनिलाई दशैंमा दुईचार सय कमाएर दिने कोहि छैन । चार वर्ष अघि श्रीमानको मृत्यु भएर एकल बनेकी उनि तिन छोराहरु भारतमा भए पनि आफ्नो दु:ख नदेख्ने गरेको बताउँछिन् । ‘१० बर्ष भयो छोराहरु दिल्ली तिर हिँड्न थालेको रुककलालाले भनिन्–‘उनिहरुको ज्यान पाल्दैमा ठिक्क छ, म बुढिको दु:ख देख्ने कोही छैन ।’
अघि पछि आए पनि दशैंमा छोराहरु नआएको दश वर्ष भएको कलेश गर्ने उनि छिमेकी भाई भतिजा आउँदा दशैमा रित्तो हात फर्काउन नपरोस् भनेर दुई चार सय रुपैयाँको जोहो गर्न हिँडेको बताउँछिन् । उनकै छिमेकी कुमाल समुदायका महिलाहरुको दशैं पनि रात दिन डोकामा निर्भर छ । त्यस गाविस सहित अमरपुर, ईस्मा रजस्थल, हस्तीचौरका कुमाल समुदायका महिलाहरु अर्घखाँची, बाग्लुङ्ग सम्म माटो बेच्न हिँडेर दशैको लागि सामलको जोहो गर्दैछन् । यि ताका त्यस भेगका कुमालहरु अर्घखाँचीको मरेङ, भगवती, अर्घातोष, ठुलापोखरा लगायतका स्थानमा हलो जोत्न जान्थे र दशैं खर्च बनाएर फर्किन्थे तर अहिले त्यही काम पनि नपाएर रित्तो हात फर्किएका छन् ।
वुल्मका विरबहादुर कुमाल सहित २० जना त्यस भेगकका कुमालहरु अर्घाखाँचीका ति स्थानहरुमा हलो जोत्ने काम खोज्न भौतारिए तर सवका घरमा जोत्ने हाते ट्याक्टर भित्रिए पछि उनिहरुलाई काम दिने कोहि भएनन् । स्थानिय संञ्चारकर्माी दिपेन्द्र श्रेष्ठका अनुसार उनिहरु एक हप्ता सम्म भौतारिदा खाने खर्च नभएर चाउचाउ खाएर फर्किए । अहिले ति गाविसमा जोत्ने ट्याक्टर भित्रिए पछि उनिहरुले ल्याएका १२ हल गोरु पनि फर्किएको श्रेष्ठले बताए ।
उता बाग्लुङको जलजलाबाट डालो बेच्न हिँडेका मगर बन्धुहरु पनि तम्घासमै छन् । सम्पन्न परिवारको घर घरमा खसी र बोका तयारी हुँदा उनिहरुका लागि एक किलो मासु, नुन तेल चामल-सामलको जोहो गर्न परेको त्यो मुस्कील नियाल्न सक्ने हो भने दशैं मित्तब्ययी बनाउ सकिन्थ्यो कि ? हेरौ यसै सम्बन्धी केही तस्बिरहरु:



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग