Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस एमालेले पुराना गणतन्त्र र संविधानसभाको विरोध गरेकोले संविधान बनाउन नसक्ने: क्षेत्री

Published on 8:40:00 PM //

भरत पाण्डेय
गुल्मी, १२ कार्तिक । चुनावी अभियानमा लागेको एकीकृत नेकपा माओवादी गुल्मी क्षेत्र नं ३ ले गाउँ गाउँमा चुनावी अभियनलाई तिब्रता दिएको छ । अभियनको क्रममा आज एमाओवादीले अमरपुर गाविसको बुल्म राङ्गदल चौरमा चुनावी सभा सम्पन्न गरेको हा
सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्री आफूले सिमान्तीकृत जनतालाई अधिकार सम्पन्न गराउने गरी सम्पूर्ण नेपालीको समुन्नती गर्न सक्ने नयाँ संविधान बनाउने अभियानमा आफू लागेको बताउनुभयो । उहाँले काँग्रेस एमालेले पुराना गणतन्त्र र संविधानसभाको विरोध गरेकोले उनीहरुले संविधान बनाउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी गुल्मीका नेता बुद्धि जिसीले नेपालीको समुन्नतीको लागि एनेकपा माओवादी संग मात्रै नयाँ खाका रहेकोलेले आफ्नो पार्टिलाई जिताउन जनतासंग अनुरोध गर्नुभएको थियो । पूर्व सभाषद् उमा विक, राज्य समिति सदस्य देविराम अर्याल, वाईसिएल क्षेत्रीय संयोजक राजु विसी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य लक्ष्मी खनाल, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश अधिकारी, सहिद परीवारका अध्यक्ष घनश्याम पराजुली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा कलाकार तथा गुल्मी काठमाण्डौ जनगणतान्त्रिक मञ्चका उपाध्यक्ष ज्ञानेन्द्र अधिकारी, कलाकारहरु तारा लामिछाने र माधव जोन खत्रीले विभिन्न साँस्कृतिक  प्रस्तुति देखाउनुभएको थियो । कार्यक्रम जिल्ला सदस्य ठाकुर पन्थी राजिवको अध्यक्षतामा भएको कार्यक्रम एकीकृत नेकपा माओवादी मगरात राज्य समिति सदस्य सूर्य बहादुर बुढाले सञ्चालन गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग