Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खाबाङ्गमा बैद्य समुहको नेकपा-माओवादी भंग भएको घोषणा

Published on 8:32:00 PM //

भरत पाण्डेय
गुल्मी १२, कार्तिक । बैद्य समुहको नेकपा–माओवादी अर्खाबाङ्ग गाउँ कमिटिले आफ्नो संगठन भंग भएको घोषणा गरेको छ । सो पार्टिले गाविसमा भएको एकीकृत नेकपा माओवादीको चुनावी जनसभामा बैद्य समूहको संगठन भंग भएको घोषणा गरेको हो ।
कार्यक्रममा बोल्दै पार्टिका गाउँ कमिटि सचिव छवि भट्टराईले बैद्य समूहले पार्टि फूटको औचित्य पुष्टि गर्न नसकेको र चुनावमा एमाले काँग्रेसलाई समर्थन गरेर संविधान नबनाउनेहरुलाई उक्साएकोले संगठन भंग गरीएको बताउनुभयो । उहाँले जनपक्षिय संविधानको लागि र जनताको मुक्तिका लागि हजारौँले बलिदान दिई गणतन्त्र स्थापना गरेकोले यसको विरुद्ध काम गर्नेलाई आफूहरुले समर्थन नगर्ने बताउनुभयो ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग