Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा २१ दिनमै ६० करोड बढी रेमिट्यान्स भित्रियो, दैनिक करोड बढी भित्रिने क्रम जारी

Published on 3:15:00 AM //

प्रेम सुनार
असौज २३, गुल्मी । दशैँ नजिकिँदै गर्दा यहाँस्थित वित्तिय संस्थाहरुमार्फत गत एक महिनाको अन्तरालमा गुल्मी जिल्लामा ६० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको छ ।
असौज महिनाको १ गतेदेखि २१ गते सम्म विभिन्न बैंक एवं रेमिट्यान्स कारोबार गर्ने संस्थाहरुले दिएको विवरण अनुसार २१ दिनको अन्तरालमा ६३ करोड ५२ लाख २० हजार २ सय ६३ रुपैयाँ रेमिट्यान्स गुल्मीमा भित्रिएको छ । गत दशैंको एक महिनाको तुलनामा यसपाली दशैंको एक महिनामा भित्रिएको रेमिट्यान्स बृद्धि झण्डै दश करोडले बढि हो । गत वर्ष दशैंको एक महिने अवधीमा करिव ५१ करोड भित्रिएको थियो ।
जिल्लाको सवैभन्दा ठुलो वित्तिय संस्था साईन रेसुङ्गा विकास बैंकमा मात्रै २१ दिनको अन्तरालमा झण्डै ३० करोड रेमिटयान्स भित्रिएको गुल्मी शाखा प्रमुख लालमणी पन्थीले बताए । प्रबन्धक पन्थीले दिएको जानकारी अनुसार असौज २१ गते सम्म २९ करोड ३५ लाख रेमिट्यान्स भित्रिएको छ । त्यस बैंकमा मात्रै सरदर दैनिक एक करोड रेमिटयान्स भित्रिएको प्राप्त विवरणले देखाएको छ । आईवतार एकै दिनमा एक करोड भित्रिएको र सोमबार, मंगलवार र वुधवार पनि त्यसैको हाराहारीमा रेमिट्यान्स भित्रिएको प्रबन्धक पन्थीले बताए । उनका अनुसार यस दशै तिहारको एक महिने अन्तरालमा साईन रेसुङ्गा बैंकका गुल्मी स्थित विभिन्न शाखा गरी करिव ३५ करोड रेमिटयान्स भित्रिने छ ।
त्यस्तै दोश्रो ठुलो वित्तिय संस्था गुल्मी वकास बैंकबाट गत वर्ष मात्रै मर्ज भएर ग्लोवल आईएमई बैंक बनेको गुल्मी शाखामार्फत १६ लाख रेमिटेयान्स भित्रिएको शाखा प्रबन्धक चिरञ्जीवि शर्माले जानकारी दिए । त्यस्तै तम्घासको पुरानो रेमिट्यान्स कारोवार गर्ने संस्था सेन्च्युरे मनी ट्रान्सफर सेन्टरमा २१ दिनको अवधीमा ९ करोड रेमिट्यान्स भित्रिएको संञ्चलक तेजेन्द्रकुमार श्रेष्ठले बताए ।
त्यस्तै बैंक अफ काठमाण्डौ तम्घास शाखामा १ करोड ६५ लाख ६५ हजार ७ सय ४४ रुपैयाँ भित्रिएको शाखा प्रबन्धक विमल श्रेष्ठले बताए । हिमाल रेमिट्स तम्घासमा २ करोड २६ लाख ५९ हजार २ सय २८ रुपैयाँ भित्रिएको प्रबन्धक एमकला पाण्डेले जानकारी गराई । भृकुटी विकास बैंक २ करोड १६ लाख ३ सय ८१ भित्रिएको शाखा प्रबन्धक भुवान पाण्डेले बताए । एसबिआई बैंक करिव १ करोड भित्रिएको शाखा प्रमुख सुदिप खड्काले बताए । काष्ठमण्डप डेप्लोपमेण्ड बैंक रिडी शाखामा ३ करोड ७५ लाख भित्रिएको शाखा प्रबन्धक सन्तोष रायमाझीले जानकारी दिए । फेवा फाइनन्समा ८० लाख भित्रिएको प्रबन्धक सुरेश बस्नेतले बताए । त्यस्तै राष्ट्रिय वाणिज्य बैँक गुल्मी शाखामा मात्रै चालु महिनामा जम्मा १० लाख मात्रै रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ ।
मासिक झण्डै ३० करोड रेमिट्यान्स भित्राउने साईन रेसुङ्गा बैंकको तम्घास शाखामा मात्रै दैनिक सरदर ४० लाख रेमिट्यान्स भित्रिने गरेको बैंकबाट प्राप्त विवरणले देखाएको छ ।
प्रबन्धक पन्थीले दिएको विवरण अनुसार सो बैंकको तम्घास शाखाबाट मात्रै २१ दिनको अवधीमा ९ करोड १६ लाख रेमिटेयान्स भित्रिएको छ । त्यो शाखामा गत भाद्र महिनामा १० करोड भन्दा बढि रेमिट्यान्स भित्रिएको थियो । त्यस शाखामा गत आईतबार एकै दिनमा झण्डै एक करोड भित्रिएको र त्यो क्रम दशै विदा नलाग्ने बेला सम्म जारी रहने पन्थीले बताए । उनका अनुसार २१ गते सम्म सो बैंकको मजुवा शाखाबाट ३ करोड ५० लाख रुपैयाँ भित्रिएको छ । शो शाखाले सरदर दैनिक १४ लाख रेमिटयान्स भित्राउने गरेको छ । त्यस्तै खैरेनी शाखामा २१ दिनको अवधीमा २ करोड ५६ लाख , उसले सरदर दैनिक १३ लाख रेमिट्यान्स भित्राउने गरेको छ । वामी टक्सार शाखाबाट ३ करोड ५७ लाख , सरदर दैनिक १९ लाख रेमिट्यान्स उसले भित्राउने गरेको छ । शान्तिपुर शाखामा ३ करोड ५१ लाख , सरदर दैनिक उसले १९ लाख भित्राउने गरेको छ । , सिमलटारी शाखामा २ करोड ८० लाख , सरदर दैनिक यसले ७ लाख भित्राउने गरेको छ । वलेटक्सार शाखाबाट ५ करोड २५ लाख , सरदर दैनिक उसले २२ लाख रेमिट्यान्स भित्राउने गरेको छ ।
त्यस्तै २१ महिनाको अवधीमा १६ लाख रेमिट्यान्स् भित्राएको ग्लोवल आईएमई बैंक तम्घास शाखाबाट साढे ९ लाख, वामी टक्सार शाखा र मजुवा शाखाबाट साढे ३ लाख सहित कुल १६ लाख भित्रिएको त्यस बैंकका कर्जा अधिकृत योगेन्द्र रायमाझीले जानकारी गराए । उल्लेखित वित्तिय संस्थाहरुको विवरणले गुल्मीमा सरदर दैनिक २ करोड बढि रेमिट्यान्स भित्रिने गरेको छ । यसबाट ७९ गाविस रहेको यस जिल्लामा प्रति गाविस प्रति दिन करिव पौने तिन लाख रेमिट्यान्स भित्रिने छ । यसरी प्रति गाविस एक महिनामा २० लाख भन्दा बढि रकम भित्रिने गरेको छ । यसको तुलना गर्दा सरकारले एक गाविसका लागि वार्षिक विनियोजन गर्ने रकम बैदेशिक रोजगारले एक महिनामै भित्राउने गरेको छ ।
रेमिट्यान्स रकम जिल्लाका वित्तिय संस्थाका अलावा, अन्य जिल्ला र हस्ते सहित करिव २५ प्रतिशत अरु थप हुने अर्थविज्ञहरुको अनुमान छ । यति ठुलो रकम बैदेशिक रोजगारबाट भित्रिए पनि त्यसको उचित सदुपयोग हुन सकेको छैन । अधिकांस रकम श्रीमति छोरा छोरीलाई शहरमा डेरा गरेर राख्ने, एउटै परिवारमा १० वटा सम्म मोवाईल, त्यसको दैनिक रिर्चाज कार्ड पुराउने, जाँड रक्सी, खसी बोका र लवाई खावाईमै बढि खर्च हुने भएकोले त्यस्तो फजुल खर्चका विरुद्ध जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्न सके राज्यले होईन बैदेशिक रोजगारले यो जिल्लाको विकासमा कायापलट हुने बुद्धिजुविहरुको धारणा छ ।  जिल्लामा वेरोजगारहरुलाई स्वदेशमै स्वरोजगार बनाउनका लागि बैदेशिक रोजगारमा जानेहरुले प्रति ब्याक्ति मासिक ५ सय रुपैयाँका दरले कुनै वित्तिय संस्थामा जम्मा गरी दिन सके मात्र पनि राज्यको मुख ताक्न नपर्ने र सवैले रोजगार पाउने देखिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग