Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मरेको भनिएका मान्छेले जिवितै, दशैं मान्दै

Published on 2:57:00 AM //

प्रेम सुनार
असौज २३, गुल्मी । दश वर्ष अघि माओवादी द्धन्द्ध कालमा मारिएको भनिएका गुल्मीका एक ब्याक्तिले कानुनी रुपमै आफुलाई जिवित सावित गरेर यसपालीको दशैं मान्दै छन् । २०५९ सालमा जुम्ला सदरमुकममा माओबादीले कब्जा गर्ने क्रमको भिडन्तमा मारिएको भनिएका वस्तु गाविस वडा नम्वर ३ का ३५ वार्षिय कृष्णप्रसाद पाण्डेलाई मारिएको भन्ने समाचार मुलधारका पत्रपत्रिकाहरुले समेत प्रकाशित गरेपछि गाउँमा मरेको बिश्वास गरेका थिए ।
मरेका भनिएका उनि ०६८ सालको दशैमा घर आए पछि पनि उनलाई भाई अंशबाट विमुख बनाउन फेरी परिवारजनले मृत बनाएको थियो । "सेनाद्धार मारिएको र उनि माओवादीको कार्यकर्ता भएको भन्दै गाउँमा उनको श्रद्धाञ्जली सभा समेत गर्ने तयारी थियो त्यतिबेला" स्थानियवासी समेत रहेका नेकपा–माओवादीका राज्य समिाित सदस्य राजु वि.सीले भने–‘उनलाई जिवित भएर पनि मृतक बनाउने आखिर उनका दाजु पो रहेछन् ।’
‘२०५८ मा मात्रै होईन म २०६८ सालको दशैंमा जिवितै घर आउँदा पनि मृतक बनाईयो, यसपाली भने सम्मानित जिल्ला अदालतले न्याय दिलाएर जिवितका रुपमा दशैं मनाउँदैछु’ कृष्ण प्रसादले भने । आफुलाई मृतक बनाउने अरु कोहि नभएर आफ्नै साँईला दाजु गुणानिधी पाण्डे भएको उनले बताए । ‘जव उहाँले म जिवितै घर आएर पनि मलाई मृतक बनाएर आमालाई मालपोत कार्यालयमा लगेर आफ्नो नाममा जग्गा पास गराउनुभयो तव यो प्रपञ्ज सव उहाँकै रहेछ भन्ने लाग्यो’ पाण्डेले भने– अहिले सम्म पनि मुद्धा मामिला गरेर दु:ख दिन छाड्नु भएको छैन ।’
वस्तु गाविस सचिव श्रीराम पाण्डेका अनुसार त्यो परिवारको द्धन्द्ध बुझ्नै नसकिने खालको छ । ’२०५८ मा माओवादी भिडन्तमा मारिएको भन्ने पत्रिका उनका जेठा दाजुले ल्याएर आएका हुन्’ सचिव पाण्डेले भने –‘त्यसपछि उनिहरुको अंशपात विवाद चुलिए पछि हामीले पटक पटक मिलाउने प्रयास गरेका थियौं ।
कृष्ण प्रसादका बाबु नन्दराम पाण्डेको प्रशस्त सम्पत्ति भएको र त्यो कम देखाउनका लागि छोराहरु सानै छँदा अंशबण्डा गरिएको थियो । ‘म ११ वर्षको हुँदा स्थानिय भलादमी हाल नेकपा एमालेका टोमलाल पाण्डेले अंशबण्डा गराईदिनु भएको थियो’ कृष्णप्रशादले भने –‘म बुटवलमा एसएलसी पास गरेर भारततिर गएको थिएँ, त्यस बेलामा भिडन्तमा परेर मरेको भनियो ।’ उनलाई दाजु गुणानिधीले पटक पटक झुटा मुद्धा दिएर दु:ख दिने गरेको र केहि दिन अघि मात्र वस्तु प्रहरी चौकीमा पनि त्यस्तै झुटो उजुरी दिएपछि उनलाई बसेका भलादमीहरुले समेत झुटो ब्याक्ति ठहर गरी पठाएको वि.सीले बताए । त्यस भिडन्तमा सेनाद्धरा मारिएको उनको नाम कृष्णप्रसाद पाण्डे भनिए पनि ठेगाना उल्लेख थिएन । ‘उति वेला सेना, प्रहरी र माओवादी तर्फबाट मरेका ब्याक्तिको नाम मात्रै भनिने भएकोले गाउँमा सबैले विश्वास गरे’ पाण्डेले भने, "म जिवित भएर आउँदा साथीभाईहरु भावुक मुद्रामा देखिन्थे ।" उनले थपे–"साथीभाईहरु भावुक र खुशी भए पनि मेरा साँईला दाजुमा खुशी थिएन ।’ ‘६ पटक सम्म उहाँले मुद्धा दिएर हैरान पार्नुभयो’ पाण्डेले भने–‘उहाँले दिएको तनावका कारण अहिले मेरी श्रीमतिको मानसिक सन्तुलन बिग्रीएको छ र मेरा समेत दिमागले राम्ररी काम गर्न नसक्ने भईसकेको छ ।’ आफ्नो कहाली लाग्दो विगतलाई स्मरण गर्दै पाण्डेले भने–‘अझै पनि लाग्छ म जिवित छु कि मृतक , कतै म भुतप्रेतका रुपमा जिवित त छैन् ? यो अचम्मा लाग्दो घटनाका पात्र पाण्डेलाई मृतक मात्रै बनाईएन, गत ३५ वर्ष देखि दशैंमा बाबु आमाको हातको टिका लगाउनबाट समेत अंशकै कारण बञ्चीत गराईयो ।
‘३५ वर्ष पछि म मेरो घरको चुलोमा पसेको हुँ’ पाण्डेले भने–‘ आमाले सानै देखि मलाई हेला गरे पनि बुवाले माया गर्नुहुन्थ्यो तर उहाँको हातको टिका समेत लगाउने मौका पाएको छैन ।’ बुवा अहिले ८९ वर्षको उमेरमा विरामी परेर मृत्यु शैयामा हुनुहुन्छ तर के गरुँ ? पारी दाजुसंगै रहनु भएका उहाँलाई भेट्न जाउँ भने तिनै दाजुले फेरी कुनै आरोप लगाएर दु:ख दिने हुन कि भन्ने डर लाग्छ ।’
तपाई कान्छो छोरालाई मात्रै आमाले हेला गर्नुको कारण कतै तपाई नै गलत भएर त हैन ? भन्ने प्रश्नमा पाण्डेले सारा गाउँबावासीसंग बुझेर कुन गलत कुन ठिक भन्ने कुरा छुट्याउन आग्रह गरे । ‘ कारण अरु केहि होईन, आमा रुढीवादी हुनुहुन्छ, बुहारीहरुलाई चुलोमा पस्न नदिने, आफैले जन्माएका छोराहरुले समेत छोएको नखाने अझ झन दलितहरुलाई त कुकुरलाई भन्दा पनि घृणा गर्ने, म त्यस विरुद्ध उत्रिएपछि उहाँले मलाई देख्न सहनु भएन, त्यसैले सानैमा घर छाडेर हिँडेको थिएँ ’ –पाण्डेले भने ।
रुढीवादी सोच विरुद्ध उत्रिने आम आजका युवाहरुले भोग्नुपर्ने घरयासी चुनौतीका प्रतिनिधी मुलक पात्र पाण्डेको जिवन कथाले अंशपातका लागी अधिंकास दाजु भाईले सहनु पर्ने प्रताडनको समेत प्रतिनिधीत्व गर्दछ । वषौंदखि देश प्रदेशमा बेपत्ता हुने मानिसहरुकाकतिपय दाजु भाईले यस्तै गरी दिदा उनिहरु मुद्धा मामिलाको झमेला सहनु परेको छ ।
गत वर्षको दशैमा पनि हस्तीचौरका एक ब्याक्ति ४८ वर्षपछि दशैमा घर आउँदा उनको अंश पात दाजु भाईले बाँडेर आ–आफ्नो नाममा गराईसकेका थिए । त्यस भन्दा अघिल्लो वर्षको दशै मान्न ५० वर्ष पछि घर आएका सिमिचौरका एक ब्याक्तिले घर ठेगना नै भुलेर वसपार्कमा अलपत्र हुनु परेको थियो ।
देश प्रदेशमा लामो समय सम्म बेखवर भई बस्ने मानिसहरुले यो सोच्न जरुरी छ कि कतै वस्तुका ति कृष्णप्रसाद पाण्डेलाई झै परिवारजनले मृतक बनाएका त छैनन् ? यसर्थ बेखवर हुनुहुन्छ भने आजै सम्पर्क राख्नुहोस् । कृष्णप्रसादका आरोपी उनकी आमा र दाजु गुणनिधीको दावी मुद्धा जिल्ला अदालतले समेत झुटो ठहर गरेकोले उनिहरुको प्रतिकृया लिन आवस्यक ठानेनौ हामीले ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग