Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा “ओईलिएको फुल”को साथमा दशैंको रमझम (फोटो फिचर)

Published on 2:39:00 AM //

लालबहादुर ढेंगा
दुबई । नेपालीहरुको मुख्य तथा ठूलो चाड दशैंको अवसरमा टिका जमरा लगाएर विभिन्न सांस्कृतिक रंगारंग कार्यक्रमका साथ नायक, गायक तथा निर्देशक मनोज गुरुङको गुरुङ भाषाको चलचित्र “ओईलिएको फुल” को प्रदर्शन गरिएको छ ।

सो प्रदर्शन तथा कार्यक्रम गत १८ अक्टोबर शुक्रबारका दिन दुबईको होली डे ईन होटलमा लमजुङ सम्पर्क समिति युएई, तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा श्रम सहचारी हिरा पौडेल रहेकी थिइन् भने कार्यक्रमको अध्यक्षता लमजुङ सम्पर्क समिति युएईका अध्यक्ष राजु गुरुङले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा गायक, नायक र निर्देशक मनोज गुरुङ, युएईमा संचालित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए ।
नेपाली राष्ट्रिय गीतबाट थालनी र प्रमुख अतिथि हिरा पौडेल, मुक्ति गुरुङ र डिआर गुरुङको संयुक्त दीप प्रज्योलन गरी उद्घाटन भएको कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको थियो । जसमा पहिलो चरणको औपचारिक कार्यक्रम भिम गुरुङले संचालन गरेको थियो भने सांस्कृतिक कार्यक्रम र चलचित्रलाई युवराज गुरुङ र ज्योति गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए । कार्यक्रमको मुख्य आकर्षक युएईमा तमुहरुको जेष्ठ तथा बृद्ध आमा गंगामति तमुस्योको हातबाट टिका र जमरा लगाउदै आसिरबाद लिएका थिए । गुरुङ भाषाको “माया पिरती थिनो शिरमाथि” गीतमा स्थानीय चर्चित नृत्यकार दीपक गुरुङ र सपना गुरुङको युगल जोडी नृत्यबाट दर्शकलाई तताउन सुरु गरेको थियो । “मेरो नेपाल मेरो देश, मलाई लाग्छ प्यारो” राजेश घलेको देश भक्ति गीत र “तिर्खा लाग्यो पानी खायो” गीतमा नमुना गुरुङको नृत्य पनि निकै सान्दर्भिक लाग्थ्यो ।
त्यसैगरी अतिथि कलाकार गायक, नायक र निर्देशक मनोेज गुरुङको गीत “यहां देशको छ चिन्ता”, गुरुङ भाषाको गीत “छले छ्यावा” को प्रस्तुति लगत्तै “फुल मंजरीले” गीतमा सपना गुरुङको नृत्य, “चोरी भो चारी भो” भन्ने गीतमा दीपक गुरुङको नृत्यलाई सबैले मन पराए । “जय जगदीश हरे” गीतमा महेश गुरुङको हांस्य नृत्य, मनोज गुरुङ र मसिना गुरुङको संयुक्त नृत्य, “कैलाशबाट जोगी है झ¥यो” सालै जो गीतमा दीपक गुरुङ र मेघ थापाको नृत्यले पनि सबैलाई मंनोरञ्जन दिएको थियो ।
सांस्कृतिक माहौलले भरिएको हल सेलाउन नपाउदै नेपालबाट आएका चर्चित तथा ख्यातिप्राप्त लोक गायक मिलन लामाको स्टेजमा प्रवेश गर्ना साथ स्वागतमा सिटीले गुंजिएको थियो । मिलन लामाको प्रस्तुति “घरमा पराल बारीमा बन्सो” र “मांझी दाई पोखरा फेवा तालको” गीतले एकै छिनका लागि सम्पूर्ण दर्शकलाई फेवा तालमा घुमाउन सफल भएका थिए । “लालु पाते फुल छैन रुख मात्रै, बेसारेको मन छैन मुख मात्रै” को गीतमा सबैलाई उठेर नाच्न बाध्य गराएको थियो ।
सम्मान कार्यक्रम अन्तर्गत तमु समाज युएईका अध्यक्ष श्याम तमु, तमु प्ये ल्हु संघ युएईका अध्यक्ष एकाजंग गुरुङ, लमजुङ सम्पर्क समिति युएईका अध्यक्ष राजु गुरुङ, नेपाल जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङका साथ अन्य अतिथिहरुको उपस्थितिमा एकाजंग गुरुङ र राजु गुरुङले मिलन लामा र मनोज गुरुङलाई साफा लगाई सम्मानपत्र प्रदान गरेका थिए भने बिशेष गरी एकाजंग गुरुङले लवली ताङतिङको टी–सर्ट सम्मानमा दिएका थिए ।सो अवसरमा आ–आफ्ना मन्तव्य राखनेहरुमा नेपाली राजदूतावासका श्रम सहचारी हिरा पौडेल, नेपाली समाज युएईका उपाध्यक्ष भेषराज ढकाल र नेपाल जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहेका थिए । सांस्कृतिक कार्यक्रम समापनपछि गुरुङ भाषा र संस्कृतिमा आधारित गायक, नायक तथा निर्देशक मनोज गुरुङको गुरुङ चलचित्र “च्हयाल्याब ट” “ओईलिएको फुल” प्रदर्शन गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग