Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"महिलाको हक-अधिकार संबिधानमै सुनिश्चत गर्छु": मैना भण्डारी

Published on 2:44:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक ७ । एमाले नेतृ तथा गुल्मी क्षेत्र नंम्बर १ कि संविधान सभा उम्मेदवार मैना भण्डारीले नेपाली महिलाहरुले २०६२-६३ मा भएको जनआन्दोलनमा पुर्याएको योगदान अमुल्य रहेको बताउँदै आफुले महिलाहरुको हक अधिकारलाई संबिधानमै सुनिश्चत गर्नका लागी गुल्मी क्षेत्र नम्बर १ मा आफुले उम्मेदवारी दिएको बताउनु भएको छ ।
नेकपा एमाले क्षेत्र नं. १ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्तर्गत आज गुल्मीको हर्राचौरमा भएको अन्तरक्रिया कार्याक्रममा यस्तो कुरा बताउनु भएको छ । संबिधानमा महिलाको हक अधिकारको सुनिश्चिताको लागी आफनो बिशेष जिम्मेवारी रहने र त्यसको लागी सुर्य चिन्हमा मतदान गरि आफनो पार्टीलाइ बिजयी गराउनु आग्रह गर्नुभएको छ । नेकपा एमाले क्षेत्र नं.१ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्तर्गत आज हर्राचौरमा सम्पन्न गरेको छ ।
कार्याक्रममा नेकपा एमाले क्षेत्र नं. १ की संबिधान सभा निर्वाचन सदस्य उमेदवार मैना भण्डारी क्षेत्र नं.१ निर्वाचन परिचालन समिती संयोज जिवन खरेल, जिल्ला कमिटी गुल्मीकी सचिवालय सदस्य कमला शर्मा, सदस्य चेतन वस्नेत, धातानन्द शर्मा, क्षेत्रिय कमिटी उपाध्यक्ष खिमानन्द तिवारी, हर्राचौर गाउकमिटी अध्यक्ष थम्मन थापा अनेम संघ क्षेत्रिय उपाध्यक्ष कमला अर्याल लगायतको सहभागिता कार्याक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. १ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग