Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हस्तीचौरमा वाईसियल गठन

Published on 8:14:00 PM //

प्रेम सुनार
कार्तिक ११, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मी २ नम्वर क्षेत्रिय चुनाव परिचालन समितिले आज वाईसीयल गाउँ कमिटी गठन गरेको छ । आज सो गाविसको हर्पुकोटमा वसेको युवाहरुको भेलाले पदम थापाको अध्यक्षतामा १ सय १ सदस्यीय वाईसियल गाउँ कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षद्धयमा दिपक बोहरा र बुद्धि राना रहेका छन् । सचिवमा विष्णु खत्री, सह–सचिव राजन नेपाली, कोषाध्यक्ष एमन बि.क लगायत रहेको बताईएको छ । भेला ११ नम्वर ईलाका संयोजक भुपाल पोखरेलको प्रमुख आतित्यता रहेको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादी हस्तीचौरका अध्यक्ष रामकुमार विष्टले पनि प्रशिक्षण मन्तब्य दिएका थिए । दिपक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानबहादुर बि.कको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग