Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शाइन रेसुङ्गाले २० प्रतिशत बोनश शेयर दिने

Published on 8:22:00 PM //

पि.एम.मगर
गुल्मी, कार्तिक १४ । शाईन रेसुंगा डेभलपमेण्ट बैक लिमिटेडको पाँचौ वार्षिक साधारणसभा आज सदरमुकाम तमघासमा सम्पन्न भएको छ । गुल्मी उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न साधारण सभाले सर्बसम्मतिमा बैंकको नयाँ सञ्चालक समितिको गठन गरेको छ ।
समितिको अध्यक्षमा थानेश्वर पौडेल चयन हुनुभएको छ । संस्थापक सेयर धनीकातर्फबाट सञ्चालकहरुमा राजेन्द्रप्रसाद श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, भुवन भण्डारी, दिलिप मास्के चयन हुनुभएको छ भने सर्बसाधारण शेयरधनीका तर्फबाट सञ्चालक मोहन चाँपागाई, डिल्लीराज भुसाल र ताराप्रसाद पाण्डे चयन हुनुभएको छ । साधारण सभामा बैंकले आर्थिक वर्ष २०६९-७० को खुद नाफा ८ करोड ७० लाख ७५ हजार ९ सय ३१ रुपैयाँ ७५ पैसा मध्ये ६ करोड ३९ लाख ७२ हजार ८ सय रुपैयाँ बराबरको २० प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
साधारण सभाले बोनस सेयर वितरण गरे पश्चात समय हुने चुक्ता पुँजीको २ सेयर बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर जारी गरी बैंकको कुल चुक्ता पुँजी ५७ करोड, ५७ लाख ५४ हजार ६ सय रुपैयाँ पु¥याउने निर्णय गरेको छ । बैंकको हालको चुक्ता पुँजी ३१ करोड, ९८ लाख ६३ हजार ६ सय रुपैयाँ रहेको छ । उक्त चुक्ता पुँजी पुरा भएपछि लुम्बिनी अञ्चल भित्र प्रधान कार्यालय रहेका विकास बैंकहरु मध्ये सबै भन्दा बढी चुक्ता पुँजी भएको विकास बैंकमा साईन रेसुङ्गा डेभलपमेण्ट बैंक हुने छ । बैंकका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बैंकका कार्यकारी अधिकृत प्रकाश पौडेलले गर्नुभएको थियो ।
साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नयाँ नेतृत्व । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग