Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाबले गाउँका साना होटलको व्यवसाय बढ्यो

Published on 8:06:00 PM //

गगनशिला खड्का
गुल्मी, १४ कार्तिक । आगामी मंसिर ४ गते हुने संविधान सभाको दोश्रो निर्वाचनको चहलपहलका कारण गुल्मीका गाउँका होटलहरुमा व्पापार बढ्दो छ । संविधान सभाको दोश्रो पटक हुन लागेको निर्वाचनमा उठेका विभिन्न राजनितिक दलका उम्मेदवारहरु गाउँ-गाउँमा पुगेपछि होटल व्यवसायमा पनि बृद्धी भएको हो ।
चुनाबमा आफुलाई भोट दिन भनि भोट माग्दै उम्मेद्वारहरु संगै तिनका कार्यकर्ता पनि गाउँमा गएका कारण गाउँका होटलहरुको व्यवसाय फस्टाएको छ । विगतमा एकाध भन्दा अरु ग्राहकहरु प्रायः खाना र बस्नको लागि नआउने होटलमा समेत अहिले व्यपार बढेको हो ।
निर्वाचनको प्रचार—प्रसारमा कार्यकर्ता,कर्मचारी लगायत अहिले सबै गाउँ केन्द्रित भएका कारण होटल व्यवसायमा बृद्धी भएको दोहली ७ निवासी प्रतिक्षा होटलका प्रमुख पिताम्वर कार्कीले बताए । दोहलीको मैदानमा होटल सञ्चालन गरेर बसेका कार्किले गुल्मी निर्वाचन क्षेत्र ३ का लगभग प्रमुख दलका उम्मेद्वार र कार्यकर्तालाई खाना ख्वाईसकेका छन् । ग्रामिण क्षेत्रमा एउटै होलले धेरै जनालाई सुविधा दिन नसक्ने कारण दलका कार्यकर्ता र नेताहरु बाडिएर खाना खाने समेत गरेका छन् । पहिले—पहिले कार्यकर्ताका घरमा खाना खाएर निर्वाचनको प्रचार-प्रसार गर्ने र भोट माग्ने नेता र तिनका कार्यकर्ता भने यसपटक होटलमै खाना खाएर चुनाबी प्रचार—प्रसारमा व्यस्त छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग