Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी सेवा समाज युएईले दशैँ शुभकामना आदान प्रदान गर्ने

Published on 2:29:00 AM //

गीता मणि पाण्डे
युएई, दुबई । गुल्मी सेवा समाज युएईले आउने अक्टुबर ११ तारिकका दिन बर दुबईको एभरेस्ट होटेलमा बिजयादशमिको शुभकामना आदान प्रदानका साथ समाजको बार्षिक उत्सब पनि गर्ने भएको छ ।
आफ्नो धर्म सँस्कृतिलाई जगेर्ना गर्ने हेतुले रोजगारीको सिलसिलामा रहेका नेपालीहरुलाई सामुहिक टिका ग्रहण, गुल्मी सेवा समाजको बार्षिक कार्यक्रमका साथमा नेपाली परिकारका सेल रोटि, अचार, खसीको मासु लगायतका नेपाली खानाको ब्यबस्था सहित कार्यक्रम गर्ने भएको हो ।
जसमा बार्षिक साधारण सभा शुभकामना आदान प्रदान कार्यक्रमको लागि गुल्मी सेवा समाजका सम्पूर्ण केन्द्रीय कमेटीका पदाधिकारी तथा अन्य छेत्रीय कमिटीका सम्पूर्ण पदाधिकारीहरु र गुल्मी जिल्लामा रहेर युएईमा रहेर काम गरिरहेका गुल्मी जिल्लाका सम्पूर्ण दाजु-भाइ दिदि-बहिनिहरुलाई अनिबार्य उपस्थित हुन् अनुरोध गरिन्छ । तथा युएईमा रहेका सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुलाई उपस्थित भएर हिन्दुहरुको महान पर्ब बिजया दशमिको टिका ग्रहण कार्यक्रममा सरिक हुन समेत गुल्मी सेवा समाज अनुरोध गर्दछ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग