Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङ सेवा समाज युएईको अध्यक्षमा पाण्डे

Published on 3:15:00 AM //

लालबहादुर ढेंगा
दुबई । सन् २०११ मा स्थापना भएको बागलुङवासीहरुको साझा संस्था बागलुङ सेवा समाज युएईले गएको २५ अक्टोबर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा दोस्रो महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका साथ विधिवत रुपले सम्पन्न गरेको छ । संस्थापक अध्यक्ष गोपाल कंडेलको आफ्नो दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा भई आगामी नयां दुई बर्षे कार्यकालका लागि सो महाधिवेशन गरिएको हो ।
उक्त महाधिवेशनको प्रमुख अतिथिमा नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष तथा बागलुङ सेवा समाज युएईका वरिष्ठ सल्लाहकार चित्र केसी रहनुभएका थिए भने महाधिवेशनको अध्यक्षता निवर्तमान अध्यक्ष गोपाल कंडेलले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा भु.पू. नेपाली समाज युएईका अध्यक्ष कृष्ण ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी र पत्रकारहरु रहेका थिए ।
दुई चरणमा प्रस्तुत गरिएको महाधिवेशनलाई पहिलो चरणको औपचारिक कार्यक्रम केदारसिंह नेपालीले संचालन गरेका थिए भने दोस्रो चरणको निर्वाचनलाई बलबहादुर बिकले संचालन गरेका थिए । स्थापनाकालदेखि नै हरेक कार्यमा आफ्नो सहभागिता जनाउदै युएईस्थित संचालनमा रहेका विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएका बागलुङ सेवा समाज युएईको दुई बर्षभित्रमा भएका सम्पूर्ण गतिविधिहरुको कार्यप्रतिवेदन केदासिंह नेपालीले पढेर सुनाएका थिए ।
स्थानीय कलाकारहरुद्धारा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले खचाखच भरिएको हललाई नै तताएको थियो । “मधेशी पहाडी हिमालका हिमाली, सबै जात जनजाति हामी सबै नेपाली” सूर्य केसीद्धारा गाएको देशभक्ति गीतले सबैलाई समेट्न सफल भएको थियो । त्यसैगरी नन्दु राईले गाएको गीत “मैले त्यही भएर मन पराए”, सूर्य केसीको “नौजाले माया भेटाए मैले आज रोधी घरैमा” सालै जो गीत र “हिमालकी छोरी हु म” गीतमा विनिता थापाले गरेको नृत्यले निकै मनोरञ्जनको माहौलमा परिवर्तन गरेको थियो ।
खासगरी पांच पदका लागि निर्वाचन गरिएता पनि अध्यक्ष पदका लागि भने भिम केसी र पिताम्बर पाण्डेले उम्मेदवारी दिएको खण्डमा दुबैजनाको सहमतिले पिताम्बर पाण्डेलाई अध्यक्षमा चयन गरेका छन् । त्यसैगरी उपाध्यक्षमा पूर्ण सापकोटा र कोषाध्यक्षमा दानबहादुर श्रीष निर्विरोध भए । महासचिवको पदमा याम पून र सेरु कार्कीले उम्मेदवारी दिएता पनि सहमतिमा याम पुनलाई महासचिव र सेरु कार्कीलाई सचिवमा निर्वाचित गरेको हो ।
दोस्रो महाधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि पिताम्बर पाण्डेको अध्यक्षतामा ८ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको छ । जसमा क्रमशः अध्यक्षमा पिताम्बर पाण्डे, वरिष्ठ उपाध्यक्षमा भिम केसी, उपाध्यक्षमा पूर्ण सापकोटा, कोषाध्यक्षमा दानबहादुर श्रीष, महासचिवमा याम पून, सचिवमा सेरु कार्की र खिमलाल पाण्डे निर्वाचित भएका छन् भने अन्य सदस्यहरुमा प्रेमबहादुर थापा र महिला सदस्यमा हिरा केसी रहेकी छिन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना मव्तव्य दिनेहरुमा चित्र केसी, शर्मिला मैनाली, भिम अधिकारी, कृष्ण ढकाल, राजु खड्का, लक्ष्मण भण्डारी, यमलाल पंगेनी, मेघराज खनाल, हेमन्त पौडेल, श्याम पोखरेल र रामचन्द्र ढकाल रहेका थिए । सो अवसरमा भलिवल प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई सम्मानपत्र बितरण समेत गरेका थिए ।
निर्वाचन समिति संयोजक कृष्ण केसीले उम्मेदवार, आयोजक, अतिथि र सम्बन्धित उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।









भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग