Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा नेपाली सांगीतिक मेला अन्तर्गत लोक दोहोरीको छनौट सम्पन्न

Published on 1:24:00 AM //

दोहा, कतार - तमू (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार कतारले आयोजना गरेको “नेपाली सांगीतिक मेला २०१३” अन्तर्गत लोक दोहोरी गीत प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न गरेको छ। टफ फर्म रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा जम्मा ११ प्रतियोगि समुहरुले भाग लिएका थिए।

प्रवासी नेपाली सांगीतिक परिवार– क, प्रवासी नेपाली सांगीतिक परिवार– ख, प्रवासी नेपाली सांगीतिक परिवार– ग, स्याङ्गजा सहयोग समाज, गुल्मी सेवा समाज, अर्घाखांची सेवा समाज, नेपाली महिला समाज, तामाङ सेवा समाज, तमू सांस्कृतिक परिवार, दाङ देउखुरी सेवा समाज, र लमजुङ सेवा समाज गरी कुल एघार प्रतियोगि समूहहरुले सहभागिता जनाएका थिए। ती मध्ये नेपाली महिला समाज, स्याङजा सहयोग समाज, प्रवासी नेपाली सांगितिक परिवार– क, र अर्घाखाँची सेवा समाज गरी चार समूहहरुले प्रवेश पाएका छन्।

पहिलो चरणबाट आठ समूहहरुले दोश्रो तथा अन्तिम चरणमा प्रवेश पाएका थिए भने अन्तिम छनौट चरणबाट उत्कृष्ठ चार समूहहरु ग्राण्ड फिनालेमा प्रवेश पाएका हुन्।

५० प्रतिशत भोटीङ्ग र ५० प्रतिशत निर्णायकहरुको प्राप्त अंकको आधारबाट छनौट गरिने उत्कृष्ट लोक दोहोरी २०१३ को लागि भोटीङ्ग नम्बरहरु नेपाली महिला समाज —१, स्याङ्गजा सहयोग समाज —२, प्रवासी नेपाली सांगीतिक परिवार– क, —३,  र अर्घाखाँची सेवा समाज —४ रहेको छ। डिसेम्बर २७ शुक्रबारका दिन हुने ग्राण्ड फिनालेका दर्शकहरुले आफ्नो समूहहरुलाई सोही नम्बर अनुसार भोटीङ्ग गर्न सक्ने आयोजकले बताएका छन्।

अक्टुबर १५ तारिख मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अधाको पहिलो दिनबाट शुरु भएको छनौट कार्यक्रमहरुमा एकल नृत्य र एकल गायनको अन्तिम छनौट कार्यक्रम आगामी १ नोभेम्बर शुक्रबारका दिन टफ फर्म रेष्टुरेण्टको सभाहलमा हुने र युगल तथा सामूहिक नृत्य प्रतियोगिताको छनौट कार्यक्रम नोभेम्बर १५ मा हुने पनि आयोजकले जनाएको छ।

लोक दोहोरी प्रतियोगिता कार्यक्रमको निर्णायकहरुमा चर्चित बरिष्ठ लोक गायिका देविका केसी गुरुङ र लोक गायक वसन्तराज तिवारी हुनुहुन्थ्यो भने, पर्यवेक्षकहरुमा राजेश दर्शन अर्यालको संयोजकत्वमा क्रान्ति सिंह र मोहम्मद अजिन अली हुनुहुन्थ्यो।

कार्यक्रम तमू सांस्कृतिक परिवार कतारका सचिव हितमान घलेले संचालन गर्नुभएको थियो।

कार्यक्रमको सबै विधाको ग्राण्ड फिनाले डिसेम्बर २७, शुक्रबारका दिन सम्पन्न गर्ने आयोजकले जनाएको छ। सो ग्राण्ड फिनालेमा एकल गायनबाट “गैर आवासिय नेपाली तारा २०१३”, एकल नृत्यबाट “गैर आवासिय नेपाली नृत्य तारा २०१३”, लोक दोहोरी प्रतियोगिताबाट “उत्कृष्ट लोक दोहोरी समुह २०१३” र युगल तथा सामूहिक नृत्यबाट “उत्कृष्ट युगल तथा नृत्य समूह २०१३” को घोषणा गरिनेछ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग