Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुटा आश्वासन दिनेहरुले संविधान बनाउँदैनन्ः क्षेत्री

Published on 3:24:00 AM //

प्रेम सुनार
कार्तिक १०, गुल्मी । विपक्षी दलका उमेदवारहरुले भोट माग्नका लागि जनतालाई झुटा आश्वासन दिँदै हिँडेको आरोप लगाउँदै त्यस क्षेत्रका एमाओवादी उमेदवार वामदेव क्षेत्रीले त्यसताले संविधान नबनाउने पक्का भईसकेको बताएका छन् । आज क्षेत्र नम्वर ३ को घमिर गाविसको चुनावी सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् । पिपक्षी उमेदवारहरुले मोटरबाटो स्कुल निर्माणमा आश्वासन मात्र नभई तमसुक समेत गर्दै हिँडेको आरोप लगाउँदै क्षेत्रीले ति उमेदवारहरुले संविधान नबनाउने कुरा स्पष्ट भएको आरोप लगाए ।
विपक्षी उम्मेदवारहरुले दलित वस्तीमा मासु रक्सी लुगाफाटो बाँडेर उनिहरुले भोट माग्दै चुनाव जित्न चाहन्छन् भने कसरी उनिहरुले दलित र उत्पीडित वर्गको पक्षमा संविधान बनाउलान भनेर उनले प्रश्न गरे । घमिर गाविस लगायतका स्थानमा विपक्षी दलले सोलार बाँडेर भोट मागेको उनको आरोप छ । कार्यक्रममा एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर ३ का संयोजक बुद्धि जिसीले क्षेत्र नम्वर ३ मा आफ्नो पार्टीले मोटरबाटो पक्की बनाउने, कृषि क्याम्पस स्थापना गर्ने, सुविधा सम्पन्न अस्पताल र हाईड्रो पावर निर्माण प्रकृया अगाडी बढाएको बताएका थिए । कार्यक्रममा एकिकृत नेकपा माओवादी राज्य समिति सदस्य सुर्यबहादुर बुढा, वाग्लाका सेक्रटरी रोमकान्त खनाल लगायतले मन्तब्य राखेका थिए । जिल्ला सदस्य खगेश्वर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्रमा लम्सालको स्वागत मन्तब्य र सुर्यबहादुर अर्यालको सञ्चालन रहेको थियो ।
आजै सो पार्टीले घमिर वडा नम्वर १ मा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । घमिरको कार्यक्रममा राष्ट्रिय कलाकार तारा लामीछाने, माधवजोन खत्रीले सांष्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । देविराम अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानु लम्सालको स्वागत मन्तब्य र सुर्यबहादुर अर्यालको सञ्चालन रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग