Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी वस्तुको कार्यालय उद्घाटन

Published on 12:02:00 AM //

प्रेम सुनार
कार्तिक ६, गुल्मी । एकिकृत नेकपा माओवादी वस्तु गाउँ कमिटीको कार्यालय स्थापना गरिएको छ । कार्यालयको एक समारोहका विच पुर्व सांसद एवं एकिकृत नेकपा मओवादी केन्द्रिय सल्लाहकार समिति सदस्य टंक पोखरेलले गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै पोखरेलले आगामी संविधान सभा चुनावलाई मर्यादित र भय रहित वातवरणमा सम्पन्न गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । उनले दल ईङ्गित नगरी भने ‘कतिपय दलका कार्यकर्ता यस पाली पनि ३ नम्वर क्षेत्रमा चुनाव नजित्ने देखेपछि अत्तालिएर अन्य दललाई त्रसाउने गरेको भन्दै त्यसो नगर्न सुझाव समेत दिएका थिए ।
कार्यक्रममा राज्य समिति सदस्य एवं सो ईलाका ईन्चार्ज भुपाल पोखरेल, राज्य समिति सदस्य टिकाराम पोखरेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेकपा एमालेका संगठित सदस्य दया भण्डारी, कुलप्रसाद भण्डारी र नेपाली कांगे्रस परित्याग गरी बुद्धिबहादुर सुनार एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए । सो पार्टीका अध्यक्ष धनिश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायण पाण्डेको सञ्चालन रहेको थियो ।

हवाङ्गदी अर्खबाङ्ग दर्लिङ्गमा वामदेव क्षेत्रीको स्वागत

जनयुद्ध कालमा माओवादीको आधार ईलाका मानिने गुल्मीको अर्खबाङ्ग, हवाङ्गदी, दर्लिङ्ग र नेटा गाविसमा एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर ३ का उमेदवार वामदेव क्षेत्रीलाई त्यहाँ जनताले स्वागत गरेका छन् ।
जन युद्धकालमा त्यस क्षेत्रको नेतृत्व सम्हालेका नेता क्षेत्रीलाई फुल माला अविरले स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै नेता क्षेत्रीले जन युद्धकालमा झै जनताको अपार माया र साथ–सहयोगले नै एकिकृत नेकपा माओवादी यहाँ सम्म आई पुगेको भन्दै अघिल्ला संविधान सभा चुनाममा झै आफ्नो पार्टीलाई जिताउन आग्राह गरेका थिए ।

वाग्लामा वामदेव क्षेत्रीको भेटघाट तिब्र

एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ का उमेदवार वामदेव क्षेत्रीले आफ्नो छिमेकी गाविस वाग्लामा भेट घाटलाई तिब्र पारेका छन् । पुर्कोट दह स्थित घिमिरे परिवारमा जन्मीएका क्षेत्री त्यस क्षेत्रको उमेदवार बनेर आए पछि एक पटकलाई दल विचार केहि नभनि उनलाई जिताउनु पर्ने भन्दै अन्य अन्य दल विचारका ब्याक्तिले जोड दिई रहेको उनको चुनावी अभियानमा सक्रिय पत्रकार गुनाराम घिमिरे बताउ छन् । स्थानियवासी समेत रहेका पत्रकार घिमिरेको पहलमा वाग्ला स्थित नेकपा एमालेका संगठित सदस्य चुरामणी भण्डारीको नेतृत्वमा १७ जना सो पार्टीका कार्यकर्ता एकिकृतन नेकपा माओवादीमा प्रबेश गरेको बताईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग