Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रमिक जनता पार्टीद्वारा पाँच प्रदेश प्रस्ताव

Published on 2:32:00 AM //

प्रेम सुनार
कार्तिक ११, गुल्मी । यसपालीको संविधान सभाको चुनावी माहौलसंगै उदायको श्रमिक जनता पार्टी–नेपालले अव बन्ने संविधानमा मुलुकको संघिय संरचनामा पाँच प्रदेश हुनुपर्ने प्रस्ताव ल्याएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा आज विहान उसले पत्रकार सम्मेलन गरी चुनावी घोषण पत्र सार्वजानिक गर्दै यस्तो प्रस्ताव अगाडी सारेको जानकारी गराएको हो । २०६६ सालमा स्थापना भएको सो पार्टीका संस्थापक अध्यक्ष रेशमराज न्यौपाने ‘किशान’द्वारा सार्वजानिक चुनावी घोषणा पत्रमा उसले हिमाल, पहाड, तराई भुगोललाई समेटेर पाँच प्रदेश वनाएको छ ।
उसले प्रदेशको नाम क्रमशः गंगालाल राज्य, शुक्रराज राज्य, धर्मभक्त राज्य, दशरथ राज्य र गौतम बुद्ध राज्य भनेको छ । गुल्मीको क्षेत्र नम्वर १ वाट उमेदवार बनेका संस्थापक अध्यक्ष किशानले बहुदलिय ब्यवस्था भित्र आलंकारीक राष्ट्रपती, कार्यकारी प्रधानमन्त्री तथा ब्यवस्थापिका, कार्यपालिका न्यापालिका रहने प्रसातव गरेको जनाकारी दिए । चुनाव चिन्ह कराही भएको सो पार्टीले विभिन्न २२ बुँदे घोषणा पत्रमा देश विकास, शिक्षा स्वास्थ्य रोजगारमा वढि जोड दिएको छ । वैज्ञानिक लोकतन्त्र र मौलिकतालाई उसले आफ्नो मुख्य शिद्धान्त मानेको छ ।
उसले युवाहरुलाई स्वदेशमै रोजगार दिलाउने र दिलाउन नसके वेरोजगार भत्ता दिनुपर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । सो पार्टीका अध्यक्ष किशान क्षेत्र नम्वर १ का एमाओवादी उमेदवार सुर्दशन बराल, नेपाली कांग्रेसका कृष्ण छन्त्याल, नेकपा एमालेकी मैना भण्डारी र राष्ट्रिय जनमोर्चाका जिवन राना लगायतसंग चुनावी प्रतिष्पर्धा गर्नुपर्ने छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग