Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानाध्यापक महत मृत फेला

Published on 7:21:00 PM //

प्रेम सुनार
कार्तिक ११, गुल्मी । गुल्मीको हस्तीचौरस्थित एक विद्यालयका प्रधानध्यापक आज विहान घर नजिकैको बाटोमा मृत फेला परेका छन् । हस्तीचौर गाविस वडा नम्वर १ मल्दी घर भई सोही वडाको जुकेपानी प्राथमिक विद्यालयका प्रधानध्यपक  ५६ वर्षिय ओमबहादुर महत स्थानिय चिदियारा टुनिको रुख भन्ने स्थानको वाटामा मृत फेला परेका हुन् ।
 आज विहान करिव ८ वजेतिर उनी टाउकोमा चोट सहित मृत फेला परेको मुसिकोट ३ अमराईस्थित उनको पुर्खौली घरका भाई राजेश महतले बताए । अहिले उनको शव तम्घास अस्पतालमा पोष्टमार्टम भई रहेकोले मृत्युको कारण रहस्यमै रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक निशान्त श्रीवास्तवले जानकारी दिए ।
   हिजो उनि सदा झै विद्यालयबाट छिमेकमा पस्दै मल्दीस्थित घर आउँदै गरेको स्थानियवासी बताउँछन् । खस्थोक माध्यामिक विद्यालय मुसिकोट ३ अमराई हुँदै जुकेपानी प्राथामिक विद्यालयमा पुगेको महतको अव पेन्शन निस्कीने तयारी थियो । अत्यन्तै मिलनसार ब्याक्तीका रुप परिचित उनका ३ छोरा, ३ छोरीहरु रहेका छन् ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग