Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी गुल्मीको खुल्ला सभा शुरु

Published on 1:08:00 AM //

प्रेम सुनार
कार्तिक ७, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले आज देखि खुल्ला चुनावी जन सभा सुरु गरेको छ । हाल सम्म कार्यकर्ता भेटघाट, जन सम्पर्क सुदृढीकरण अभियानमा जुटेको उसले जिल्लाका तिन वटै क्षेत्रमा एकै साथ खुल्ला चुनावी जन सभा सुरु गरेको चुनाव परिचान जिल्ला समिति गुल्मीका संयोजक तथा केन्द्रिय सदस्य दिनेश पन्थीले जानकारी दिए ।
क्षेत्र नम्वर १ मा एमाओवादी उम्मेदवार सुदर्शन बरालको प्रमुख आतिथ्यमा सुरु गरिएको सो क्षेत्रका चुनाव जन परिचालन समिति संयोजक युवराज केसीले बताए । २ नम्वर क्षेत्रको चुनावी जनसभा त्यस क्षेत्रका उमेदवार अशोक थापाको जन्मथलो सिमीचौरबाट सुरु गरिएको क्षेत्रिय जन परिचान समितिका संयोजक मािनराम ज्ञवाली बताए । त्यस्तै क्षेत्र नम्वर ३ को खुल्ला जनसभा जैसीथोक गाविसबाट सुरु गरिएको जनपरिचान समिति संयोजक बुद्धि जि.सीले जानकारी दिए ।
जैसीथोकमा एमाओवादी उम्मेदवार वामदेव क्षेत्रीलाई स्थानियवासीले पाँच स्थानमा स्वागत गरेका छन् । स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उमेदवार क्षेत्रीले जनताले आफुप्रति दर्शाएको माया र सम्मानलाई कहिलै अपमान गर्न नसक्ने बताए । उनले भने–‘क्षेत्र नम्वर ३ मा जनताले म आफु प्रति जुन माया र सम्मान प्रकट गर्नु भएको छ त्यसको अपमान म कदापी गर्न सक्ने छैन् ।’ आफुप्रति क्षेत्र नम्वर ३ मा जन लहर उर्लेको दावि गर्दै उनलेजित सुनिश्च भएको जिकीर गरे ।
कार्यक्रममा सो पार्टीका केन्द्रि सल्लाहकार समिति संयोजक टंक पोखरे, ३ नम्वर क्षेत्र चुनाव जन परिचान समिति संयोजक बुद्धि जि.सी लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग