Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले चुनाव परिचालन समिति कै सचिव एमाओवादीमा

Published on 4:13:00 PM //

प्रेम सुनार
असौज २६ , गुल्मी । नेकपा एमाले गुल्मी रुपन्देही संपर्क मञ्च चुनाव परिचालन समितिका सचिव आज धुर्कोट रजस्थलको एक कार्यक्रमका क्रममा एकिकृतत नेकपा माओवादीमा प्रबेश गरेका छन् । धुर्कोट रजस्थल वडा नम्वर ३ निवासी विष्णु के.सी. एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका हुन् ।
 नेकपा एमालेमा लामो समय सम्म राजनित गरेका के.सी सो पार्टी निकट अनेरास्वब्युवका जिल्ला सदस्य समेत रही सकेका थिए । नेकपा एमालले  सर्व साधरण जनताको नभई पुँजीपतिहरुको भलो चिताउने, सर्वहाराका परिवर्तन पटक्कै नसहने र आफु एजेण्डा विहिन तर खाली उसको काम माओवादीलाई गाली गर्नु मात्रै भएको आरोप लगाउँदै उनले सो पार्टी परित्याग गरेको बताए । उनलाई एकिकृत नेकपा माओवादीका ३ नम्वर क्षेत्रिय उमेदवार वामदेव क्षेत्रीले अविरले स्वागत गरी पार्टी प्रवेश गराएका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग