Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विवाहको जिप दुर्घटना १४ घाईते

Published on 1:56:00 PM //

प्रेम सुनार
असौज ३१, गुल्मी । केहि बेर अघि गुल्मीको वामीमा दुलही लिन जान लागेका जन्ती सवार जिप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।
वाग्लुङ्गको रिघाबाट वामी ७ स्थित दुलही लिन आएका जन्ती सवार ग १ ज ५०३८ नम्वर को जिप वामी २ र ३ को विचमा दुर्घटना हुँदा चालक वर्ष ३० का टेकबहादुर श्रीस, रिघा निवासी वाटुली आर्चाय रिघाकै वर्ष ७६ का शसीधर सापकोटा गम्भीर घाईते भएको र अन्य ११ जना सामन्य घाईते भएको निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
घाईतेहरुको वामी उप स्वास्थ्य चौकीमा उपचार भई रहेको जनाईएको छ । जिप करिव  सय मिटर तल खसेको बताईएको छ । वामी ईलाका प्रहरी कार्यालयका प्रहरीहरुबाट उद्धार कार्य भई रहेको श्रेष्ठले बताए ।  दुर्घटना स्थलबाट दुलहीको घर माथी वामी मैदान जान जिपमा करिव १५ मिनेट मात्रै लाग्ने थियो ।  दुर्घटनाको कारण खुल्न सकेको छैन् ।       

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग