Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मैना भण्डारीको घरमा कालो झन्डा राख्ने नेकपा माओवादीका कार्यकर्ता पक्राउ

Published on 7:08:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय गुल्मीले आज जोहाङ्ग खैरेनीवाट नेकपा माओवादीका एक कार्यकर्तालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नेकपा माओवादी राज्य समिति सचिवालय सदश्य रामचन्द्र न्यौपाने रहेका छन् ।

उनलाई जोहाङ्गको खैरेनी वजारवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भएको छ । उनले हिजो आईतवार नेकपा एमाले गुल्मी क्षेत्र नम्वर १ कि संविधान सभा सदश्य उम्मेदवार मैना भण्डारीको घरमा कालो झण्डा गाडेको र समाजमा अशान्ति फैलाएको प्रहरीको आरोप छ ।

पक्राउ परेका न्यौपानेलाई अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको छ । घटनाको विरोध गदै नेकपा माओवादी गुल्मीले विज्ञप्ती जारी गरि पक्राउ परेका आफ्ना कार्यकर्तालाई तुरुन्त रिहाईको माग गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग