Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"संबिधान निमार्णको लागी नेकपा एमालेको बहुमत आबश्यक: एमाले नेता बिष्ट

Published on 8:10:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक ३ । संबिधान सभा दोस्रो निर्वाचनको सरगर्मी बढिरहेको बेला गुल्मी जिल्ला कृर्याशिल बिभिन्न राजनितीकदलहरुले आफना चुनावी गतिबिधीहरुलाइ जनता तथा कार्यकर्ताको घरदैलो सम्म तिब्र रुपमा अगाडी बढाइरहेका छन । यसै बिच नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले पनि आफना चुनावी गतिबिधीलाइ क्षेत्र नंं.३ का बिभिन्न गाबिसहरुमा कार्याकर्ता भेटघाट, अन्तरक्रिय संञ्चालन गरेको छ । नेकपा एमाले नयागाउ गाउकमिटीको आयोजनामा आयोजित चुनावी प्रचार तथा घर दैलो अभियान सम्पन्न भएको छ ।
नयागाउ गाविसको साउने थुम, गुरुङ्ग गाउ, भाखर्क, मैदानमा लगायतका बिभिन्न स्थानमा आयोजित कार्या कर्ताभेटघाट कार्याक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं. ३ का उमेदवार गोकर्ण राज बिष्टले बिगतको संबिधान सभामा नेकपा एमालेले महत्वपुर्ण भुमिका खेले पनि बहुमत नभएका कारणले संबिधान बन्न नसकेको र संबिधान बनाउनको लागी नेकपा एमालेलाइ बहुमतले बिजयी बनाउनु पर्नेमा जोडदिनु भएको छ । कार्याकर्ता भेटका क्रममा उक्त स्थानमा बिद्युत,मोटरवाटो र खानेपानीको निकै समस्याभोग्नु परेकोले बिकास निमार्ण जोडदिन अग्रह गरेका छन ।
नेकपा एमाले नयागाउ गाउकमिटीको आयोजनामा आयोजित चुनावी प्रचार तथा घर दैलो अभियानमा नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं. ३ का उमेदवार गोकर्ण राज बिष्ट,नेकपा एमाले लुम्बिनी अञ्चल कमिटी सदस्य दिलसोभा पुन, नेकपा एमाले नयागाउ गाउकमिटीका अध्यक्ष दर्गा आचार्य,प्रध्यपक गोबिन्द गौतम,युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्य पदम बिष्ट,नेकपा एमाले गुल्मी काठमाडौ सम्पर्क मञ्चका सचिवालय सदस्य रमेश काउछा लगायतको सहभागिता रहेको थियो । कार्याक्रम नेकपा एमाले नयागाउ गाउकमिटीका अध्यक्ष दर्गा आचार्यको सभापतित्व,लिल बहादुर जिसीको स्वागत मनतब्य र नारायण जिसीको संञ्चालनमा सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग