Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गगन थापा घरदैलो गर्दै कपनमा

Published on 8:59:00 PM //

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर चारका उमेदवार गगन थापाले काठमाडौँ क्षेत्र नं. ४ को सबैभन्दा धेरै जनसंख्या भएको कपन गाविसमा नेपाली काँग्रेसको घरदैलो कार्यक्रम शुरू गर्नुभएको छ।

कपन गाविसको बगलामुखी मन्दिरबाट शुरु भएको घरदैलो कार्यक्रम कपन गाविसको वडा नं. ६,७,९ हुँदै ८ नं. वडामा आएर सम्पन्न भएको थियो। कार्तिक १ गतेदेखि शुरु भएको घरदैलो कार्यक्रम शुरु भएको हो।

नेपाली काँग्रेसको यो घरदैलो कार्यक्रममा सयौं स्थानिय मतदाताहरु उत्साहपूर्वक सहभागि हुनुभएको छ। सोमबार चपली भद्रकाली गाविसको गणेश मावी नजिक जम्मा भएर प्रचार प्रसार अन्तर्गत घरदैलो कार्यक्रममा जाने काठमाडौं क्षेत्र नम्बर चारका क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिनुभयो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग