Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाबी माहौल: बिहीवार तम्घासमा यस्तो देखियो (फोटो फिचर)

Published on 2:05:00 AM //

आमने-सामने कार्यकर्ता ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीका तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न जुटेका एमाओवादी र नेपाली कांग्रेसका कार्यकर्ताहरु । एकै स्थानमा निर्वाचन कार्यालय रहेकाले एकै समयमा उम्मेदवारी दर्ता गर्न जुलुस सहित दुवै पार्टी आएपछि नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । तस्विर ः घनश्याम गौतम

किरियामै उम्मेदवारी ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिंदै बाबुको क्रियामा बसेका पूर्व उर्जा मन्त्री गोकर्ण विष्ट । उम्मेदवारीका लागि पठाएको वारेस नामामा त्रुटी भएर निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता गर्न नमानेपछि विष्टलाई एमाले कार्यकर्ताहरुले हतारहतारमा उनी क्रियाबसेको घर दोहोली- ३ पुगेर तम्घास ल्याएका थिए । उनको घर सदरमुकाम तम्घासबाट झण्डै ४० किलोमिटरको दुरीमा पर्छ । तस्विर ः घनश्याम गौतम

अब उम्मेदवार ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीको क्षेत्र नं. १ बाट उम्मेदवारी दिन जाँदै महिला उम्मेदवार मैना भण्डारी । २४ निर्वाचन क्षेत्र रहेको लुम्बिनी अञ्चलबाट जम्मा ३ जना महिलालाई टिकट दिईएको छ । तस्विर ः घनश्याम गौतम

अब सेलिब्रेटी पनि ः दोस्रो संविधान सभा निर्वाचनका लागि गुल्मीका तिनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गर्न आएका नेपाली कांग्रेसका उम्मेदवारहरुको तस्विर खिच्दै पत्रकार । नेपाली कांग्रेसले क्षेत्र नं. २ मा २०६४ मा दोस्रो भएका केन्द्रिय सदस्य चन्द्र भण्डारीलाई टिकट दिएको छ भने अन्य दुई निर्वाचन क्षेत्रमा नयाँले टिकट पाएका छन् । तस्विर ः घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग