Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१४ महिना देखि तलव खान पाएनन् शिक्षकले

Published on 2:56:00 AM //

प्रेम सुनार
कार्तिक ७, गुल्मी । गरिवी वेरोजगारीका कारण मासिक २५ सयमा निजी श्रोतमा पढाउन थालेका छिमेकी जिल्ला अर्घाखाँचीका एक शिक्षकले १४ महिना देखि तलव पाएका छैनन् । जन कल्याण प्राथामिक विद्यालय जलुके १ जुवाकोट अर्घाखाँचीका शिक्षक ईस्वरी गैरेले १४ महिना देखि तलव पाउन नसकेका हुन् ।
‘गरिवीका कारण त्यस विद्यालयमा पढाउन थालेको हुँ’ शिक्षक गैरेले भने–‘तर १४ महिना देखि तलव पाउन सकेको छैन ।’ उनले गुनासो गरे–‘तिज, दशैँ आयो गयो चाड मान्नका लागि केहि रकम माग्दा समेत विद्यालय ब्यवस्थापन समितिले दिन सकेन, अव तिहार कसरी मान्ने हो भन्ने अवस्थामा छु ।’ त्यस विद्यालयमा राहत कोटामा प्रधानाध्यापक कमल लामिछाने छन् । एक जना वाल शिक्षाक र एक जना परिचर, अर्की एक निजी श्रोत शिक्षिका माया वैजाली कार्यरत छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग