Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"प्रदिप ज्ञवालीको रेसुङ्गा विमानस्थल मुद्धा लज्जास्पद": अशोक थापा

Published on 3:05:00 AM //

प्रेम सुनार
कार्तिक ७, गुल्मी । एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर २ का उम्मेदवार अशोक थापाले नेकपा एमाले उम्मेदवार प्रदिपकुमार ज्ञवालीले रेसुङ्गा विमानस्थललाई चुनावी मुद्धा बनाउनु लज्जास्पद भएको बताएका छन् ।
हालै एमाले नेता ज्ञवालीले सिमीचौरमा निर्माणधिन रेसुङ्गा विमानस्थल निर्माण गर्ने मुख्य जिम्मेवारी आफ्नो भएको भन्ने अभिब्यक्ति दिए लगत्तै एमाओवादी उम्मेदवार थापाले यस्तो टिप्पणी गरेका हुन् । पञ्चायत कालमै तत्कालिन सरकारले सर्वे गरेको सिमीचौरस्थित रेसुङ्गा विमानस्थल माओवादी जन युद्धकालमा नेपाली सेनाले अर्घाखाँची, बाग्लुङ्गमा सेना उतार्न उपयुक्त स्थान देखेर विमानस्थल वनाउने योजना अगाडी सारेको भन्दै उनले एमाले नेता ज्ञवालीले आफु पर्यटन मन्त्री हुँदा त्यो योजना पारेको हुँ भन्ने कुरा पनि एउटा संयोग मात्रै भएको टिपणी गरे ।
रेसुङ्गा विमानस्थललाई एमाले नेता ज्ञवालीले यस अघिका चुनावमा पनि चुनावी मुद्धा बनाएर जनतालाई झुक्काएको आरोप लगाउँदै उनले भने–‘यदि नेता ज्ञवालीकै मात्र भर पर्ने हो भने उक्त विमानस्थल सम्पन्न गर्न अझै ५० वर्ष कुर्नु पर्ने छ ।’ विमानस्थल निर्माणको मुख्य जिम्मेवारी उहाँकै थियो भने सुरु गरेको यतिका वर्ष सम्म उहाँले के हेरेर बसेको त ? भन्ने प्रश्न गर्दैै उनले सो विमानस्थलमा हाल सम्म परेको रकम कांग्रेस, एमाले र माओवादी लगायत सवै दलको संयुक्त पहलमा हो भने ।
‘जिल्लाको विकास निर्माणमा यहाँका सवै दलको बराबर योगदान छ’ थापाले भने–‘ जुन विकास निमार्ण पनि हामीले नै गरेका हौं भन्ने एमालेको पुरानो वानी उहाँले त्याग्नु पर्छ, अव जनता सचेत भई सके ।’ उनले २०३० साल तिरै सिमीचौरको थालेमालेमा विमान बनाउन तत्कालिन सरकाले सर्भे गरेको भन्दै नपत्याए त्यो कुरा बुझ्नका लागि सिमीचौरका बुढापाकासंग जान उनले ज्ञवालीलाई आग्रह गरे ।
‘विमानस्थल त अर्खलेको उनायचौरमा पनि बन्नेवाला थियो’ थापाले भने–‘बरु ज्ञवालीले उनायचौरको विमानस्थल रद्ध गर्ने काममा भने अगुवाई गरेका हुनसक्छन् ।’ हामी दावाका साथ भन्न सक्छौ रेसुङ्गा विमानस्थलमा एमाले अध्यक्ष भए पनि केन्द्रमा गएर रकम पार्ने काममा नेपाली कांग्रेस, एमाओवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतले पहल गरेका हौं र अझै गर्दैछौं थापाले भने–‘ त्यो विमानस्थल बने सवै दलको पहलमा बन्छ ज्ञवालीको पहलमा मात्रै बने नाक काटेर फाली दिन्छु ।’ उनले जोङ्गीदै भने–‘म त मगरनी आमाको कोखवाट जन्मेको हुँ ढाँट्न जान्दीन, गर्ने पर्ने हनुमान काज पाउने गुना भने झै पनि गर्न सक्दीँन, विकास सवै दलले गरेकै हो संविधान बनाउने कुरामा सहमति नभएर मात्रै चुनाव लड्नु परेको हो ।’
विमानस्थल निर्माण गर्न स्थानियवासीको घर जग्गा अतिक्रमण गरी उनिहरुलाई अन्यत्र वसाई सारे पनि उनिहरु मध्ये कैयौंले मुआब्ज पाउन समेत सकेका छैनन् । विमानस्थल निर्माणका लागि सवै दल सहभागि जिल्ला स्तरिय निर्माण समिति गत वर्ष गठन भएको थियो । समितिमा एमालेको तर्फबाट मधुकृष्ण पन्त अध्यक्ष, कांग्रेसबाट श्रीप्रसाद भलामी उपाध्यक्ष र सचिव उनै एमाओवादी उम्मेदवार थापा लगायत रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग