Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब सबै टेलिफोन नम्बर १० अंकका हुने

Published on 4:18:00 AM //

१० कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवा सञ्चालन गर्नका लागि प्रयोग हुने नम्बरहरुलाई प्रभावकारी एवं व्यवस्थीत बनाउन नयाँ नम्बरिङ गर्ने भएको छ । नयाँ नम्बरिङ भएपछि तारमा आधारित टेलिफोन, लिमिटेड मोबिलिटी सेवा, ग्रामिण दूरसञ्चार सेवा र फिक्स्ड वारलेस सेवासँग सम्बन्धित टेलिफोन नम्बर शुरुको अंक २ हुने गरी कुल १० अंकको हुनेछ ।
प्राधिकरणले जिएसएम मोबाइलको पनि नयाँ नम्बरिङ गर्ने आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि प्राधिकरणका कैलाश प्रसाद न्यौपानेले जानकारी गराउनुभयो । विद्यामान नम्बरिङ योजना बमोजिम मोबाइल टेलिफोन सेवाको पहिलो अंक ‘९८’ तथा एक अंकको Tele-Communication अपरेटर कोड सहित कुल १० अंककको नम्बरिङ रहेकोमा प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ योजनामा सो प्रयोजनका लागि शुरु अंक ‘९’ र २ अंकको अपरेटर कोडसहित कुल १० अंकको नम्बरिङ हुनेछ ।
प्राधिकरणका अनुसार नयाँ नम्बरिङपछि अगाडीको अंक २ ले फोन नम्बर र ९ ले मोबाइल नम्बर भन्ने बुझाउने छ । नयाँ नम्बरिङ भएपछि देशभर एसटिडि नम्बर भन्ने हुनेछैन । लिमिटेड मोबिलिटी नम्बरहरु पनि ९६ र ९७ लाई परिवर्तन गरी शुरु अंक २ कायम गरिनेछ ।
शुरु अंक २ हुने टेलिफोनका नयाँ नम्बरमा दोस्रो अंकका आधारमा तारमा आधारित पि.एस.टि.एन., लिमिटेड मोबिलिटी, इन्टरनेट प्रोटोकलमा आधारित टेलिफोन, ग्रामिण दूरसञ्चार सेवामा आधारित टेलिफोन सेवा वा फिक्स्ड वायरलेस टेलिफोन सेवा छुट्टनिे प्राधिकरणले जानकारी गराएको छ ।
विद्यमान नम्बरिङ योजना बमोजि पि.एस.टि.एन. सँग सम्बन्धित टेलिफोन सेवाको लागि पहिलो अंक र एरिया कोडसहित कुल ९ अंकको नम्बरिङ रहेकोमा प्रस्तावित नयाँ राष्ट्रिय नम्बरिङ योजनामा सो प्रयोजनका लागि शुरुका अंक ‘२०’ र एरिया कोडसहित कुल १० अंकको नम्बरिङ हुनेछ । उदाहरणका लागि टेलिकमको नयाँ नम्मबरिङपछि हाल ०६१-५३३२३२ रहेको फोन नम्बर २०६१५३३२३२ हुनेछ ।
नयाँ नम्बरिङ योजना कार्यान्वयन पछि नयाँ सेवा प्रदायकहरुलाई सरकारले नम्बर उपलब्ध गराउन सहज हुनेछ । नयाँ नम्बरिङ गर्दा शुरु अंकहरु ३,४,५,६ र ७ लाई भविष्यमा विभिन्न प्रयोजनका नम्बरिङका लागि प्रयोग गर्न सकिने गरी उपलब्ध हुने प्राधिकरणले बताएको छ ।
सर्ट कोडहरुलाई थप व्यवस्थित तवरले प्रयोग गर्न शुरु अंक एसएमएस/एमएमएस प्रयोजनका लागि ३ र अन्य प्रयोजनका लागि १ हुने गरी कुल ३ देखि ६ अंकसम्मको नम्बरिङलाई विभिन्न प्रकृतिका सेवा वा प्रयोजनका लागि छुट्टाइएको छ । आकस्मिक सेवा, सरकारी संस्थाहरु, सुरक्षा, अस्पताल, महिला तथा बालबालिका, पर्यटन, समाचार, मनोरञ्जन, टोल फि्रलगायत विभिन्न प्रयोजनका लागि सर्ट कोड सम्बन्धी योजना तय गरिएको प्राधिकरणले बतायो ।
विद्यामान राष्ट्रिय नम्बरिङ योजनालाई समयानुकुल परिमार्जन एवं व्यवस्थित गर्न प्राधिकरणले विज्ञहरु सहितको नयाँ राष्ट्रिय नम्बरिङ योजना मस्यौदा टोलि गठन गरेको थियो । उक्त टोलिले अन्तर्राष्ट्रिय प्रचलन समेत अध्ययन गरि नयाँ राष्ट्रिय नम्बरिङ योजनाको मस्यौदा लगायतको सिफारिस सहितको प्रतिवेदन प्राधिकरणलाई बुझाई सकेको छ ।
उक्त मस्यौदालाई प्राधिकरले आइतबारदेखि आफ्नो वेभसाइटमा राखेर १ महिनासम्म सरोकारवाला पक्षबाट सुझाव तथा प्रतिक्रिया लिने जनाएको छ । प्राप्त सुझावलाई आधार बनाई नयाँ नम्बरिङ प्लानलाई २-३ महिनाभित्र अन्तिम रुप दिई स्वीकृति गराएर ६ महिनाभित्रमा लागु गर्ने तयारी गरिरहेको प्राधिकरणका निर्देशक आनन्दराज खनालले जानकरी दिनुभयो ।
सेवा प्रदायकहरुले चरणबद्ध रुपमा सेवाग्राहीहरुलाई आवश्यक सूचना प्रवाह गरी नयाँ राष्ट्रिय नम्बरिङ योजना लागु गर्नुपर्नेछ । अहिले नेपालमा नेपाल टेलिकम, एनसेल, युनाईटेड टेलिकम लिमिटेड, एटिएम टेलिकम, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट सञ्चालनमा रहेका छन् । -अन्लाईन खबर डट कमबाट  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग