Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसको हातमा वागडोर नआएसम्म संविधान निर्माण हुन नसक्ने: चन्द्र भण्डारी

Published on 3:31:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १० कात्तिक ः नेपाली काँग्रेसका केन्द्रिय सदश्य तथा गुल्मी क्षेत्र नंम्वर दुईका प्रत्यक्ष तर्फका उम्मेदवार चन्द्र भण्डारीले नेपाली काँग्रेसको हातमा वागडोर नआएसम्म संविधान निर्माण हुन नसक्ने दावी गर्नु भएको छ । संविधान निर्माण नभएसम्म राष्ट्रियता र लोकतन्त्र समेत खतरामा पर्ने भन्दै नेता भण्डारीले लोकतन्त्रलाई वलियो वनाउनकालागि नेपाली काँग्रेसलाई काम गर्न दिनु पर्ने धारणा राख्नु भएको थियो । नेपाली काँग्रेस गौंडाकोट गाउँ कार्य समितिले आज गौंडाकोटको राजामा आयोजना गरेको चुनावी सभामा वोल्दै भण्डारीले उक्त कुरा गर्नु भएको हो ।
आगामी वन्ने संविधानमा शिक्षा, स्वास्थ्य, रोजगार जस्ता जनताको मौलीक अधिकारलाई संविधानमा ग्यारेण्टी गर्दै जनातालाई विकासको प्रत्यक्ष अनुभूति गराउँने काँग्रेसको मुख्य एजेण्डा भएको पनि उहाँले वताउनु भयो । नेता भण्डारीले ४८ सालपछि यस पटक नेपाली काँग्रेसले जिल्लाका तीनै क्षेत्रमा विजय हासिल गर्ने दावी समेत गर्नु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका पार्टि सभापति चन्द्र केसीले काँग्रेस भनेको मेरुडण्ड हो भन्दै जनताको आमूल परिवर्तनलागि पनि काँग्रेसले वहुमत प्राप्त गर्नु पर्ने धाराणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु वलाल, मगर संघका केन्द्रिय सदश्य श्रीप्रसाद भलामी, पुर्व पार्टि सभापति राजेन्द्र प्रसाद पन्त, क्षेत्रीय सभापति अशोक थापा, नेपाल तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थी, तम्घास गाउँ कार्य समितिका सभापति अखिलेश्वर प्रसाद पाण्डे लगायतको उपस्थिति रहेको थियो । गौंडाकोट गाउँ सभापति विरवहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य पुर्ण वहादुर गाह र संचालन सहसचिव पशुपति पाण्डेले गर्नु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग