Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिजोदेखि अवरुद्ध विद्युत आज पनि सम्भावना छैन

Published on 9:12:00 PM //

प्रेम सुनार
असौज ३१, गुल्मी । पाल्पा र वुटवलको विचमा विग्रेको भनिएको विद्युत समयमा मर्मत नहुँदा पाल्पा सहित गुल्मीमा हिजो साँझदेखि विद्युत अबरुद्ध रहेको छ । विद्युत प्राधिकरण गुल्मी प्रशारण केन्द्रका अनुसार आज रातीसम्म पनि विद्युत सुचारु हुने सम्भावना कम रहेको छ । सो कार्यालयका प्रमुख लगायतका प्राविधिकहरु कार्यालयमा छैनन् , करार सेवामा रहेकी गंगा बस्नेतसंग सम्पर्क राख्दा भरै सम्म पनि सम्भावना कम रहेको बताईन् । उनले भनिन् –‘हाकीम साहव हुनु हुन्न, मैले पाल्पा संपर्क राख्दा वुटवल र पाल्पाको विचमा पर्ने सिस्ने खोलामा पाँच वटा पोल पहिरोले बगाएर अवरुद्ध भएको सुनेकी छु, वत्ति भरै सम्म पनि आउने सम्भावना कम छ ।’
यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाल्पा संग सम्पर्क राख्दा उसले सिस्ने खोलामा पोल ढलेको भन्ने कुरा हामीलाई जानकारी छैन भन्यो । ‘हिजो देखि यहाँ पनि बत्ति आएको छैन’ ड्युटीका प्रहरीले भने–‘ विग्रेको भन्ने मात्रै सुनेका छौं, पोल ढलेको कुरा बुटवलमै सम्पर्क राख्दा पनि बताएन ।’
प्राधिकराण्का कर्मचारीहरु दशैं मान्न ब्यस्त भएको र समयमा मर्मत कार्य नभएकोले पनि विद्युत यति लामो समय सम्म सुचारु हुन नसकेको उपभोक्ताहरुको आक्रोश छ । यतै विग्रे पनि बत्ति जाँदा प्राधिकरण गुल्मी शाखाको एउटा मात्रै रेडिमेड जवाफ हुन्छ –‘पाल्पा र वुटवलको विचमा विग्रेको छ ।’  सहि सुचना नदिने र उपभोक्ताहरुको फोन प्राय नउठाउने प्रधिकरण गुल्मीमा जति वटा प्रमुख वदले पनि कानै चिरेको भन्ने उखान शिद्ध हुँदै आएको छ ।
हिजों साँझ देखि विद्युत नहुँदा चार्जको अभावमा ब्यक्तिका मोवाईल समेत अफ भएका छन् । आज खुल्ेका सरकारी कार्यालय, वित्तिय संस्था, अन्य ब्यवसाय र सञ्चार सेवा नराम्ररी प्रभावित भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग