Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आखिर उनि मृत फेला परिन्

Published on 9:09:00 PM //

प्रेम सुनार
असौज ३१, गुल्मी । अष्टमीको दिन असाौज २६ गते विहानै देखि सवैका घरमा झैं वामी ९ का कृष्णबहादुर कुमालको घरमा पनि दशैं भित्रिएको थियो । विहानै उठेर उनकी श्रीमति सरस्वतीले घर दलान लिपपोत, आँगनदेखि वाटो सम्म बढार–कुढार सकिन र दशैंको अचारका सामग्री, गेडागुडी केलाउने आदि काममा लागिन् ।
श्रीमान कृष्णका अनुसार त्यस दिन दिउँसो देखि हराएकी उनि कहाँ गईन, के गरिन कसैले अत्तोपत्तो पाएनन् । कृष्णलाई दशैँ आएन । उनि दशैभर श्रीमतिको खोजीमा भौँतारिए । दुर्भाग्य दशैंको चौथो दिन आज उनको मृत्युको खवरले त्यस घर र सिंङ्गो टोलमा रुवावासी चलिरहेको छ । निमित्त जिल्ला प्रहरी प्रमुख, प्रहरी निरक्षक राजेन्दप्रसाद श्रेष्ठका अनुसार उनले श्रीमति खोजी गर्नका लागि ईलाका प्रहरी कार्यालय वामीमा उजुरी पनि दिएका थिए । प्रहरीले थुप्रै स्थानमा निगरानी बढायो तर फेला पारेन ।
बल्ल हिजो साँझ करिव सवा ९ वजेको समयमा २६ वािर्षया सरस्वती कुमालको शव तुराङ गाविस वडा नम्वर ७ को रामपुर स्थित बढिघाट खोला किनारमा बग्दै आएको अवस्थामा स्थानियले देखेको प्रहरी निरक्षक श्रेष्ठले जानकारी दिए । कसरी उनि बढिघाट खोलामा मृत फेला परिन त ? पारिवारक कारण थियो वा अन्य ? यो विषय रहस्यमय भएको र अनुसन्धान अगाडी बढाईएको श्रेष्ठले बताए । उनको शव अहिले प्रहरीले सदरमुकाम ल्याई पुर्याएको श्रेष्ठले गुल्मीन्युजलाई जनाए ।
उनका श्रीमान कृष्णका अनुसार अष्टमीको अघिल्लो दिन देखि नै सरस्वतीलाई दशैंको रौनकले छोई सकेको थियो । माईती जाने कपडा धोइधाई, हासीखुशी रहेकी उनि आखिर उनि कसरी मृत फेला परिन त ? यो खोजको विषय बनेको छ । उनका १० वर्षिया एक छोरा रहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग